Comments Add Comment

९२ प्रतिशत बच्चामा मोबाइलको लत

balbalika ma mobile addictionप्रविधिमा आशक्त भैरहेको विश्वमा अब बालबालिकाहरु पनि निकै तिब्र रुपमा सामेल भैरहेका छन् । बेलायत तथा अमेरिकामा भएको पछिल्लो अनुसन्धान प्रतिवेदन अनुसार सयमा ९२ जना बालबालिकाहरुमा मोबाइल तथा र्टफोनको लत लागेको छ ।

रिपोर्ट अनुसार २ सय ७ वर्ष उमेरका ९२ प्रतिशत बालबालिकाहरु मोबाइल तथा स्मार्टफोनको अत्यधिक प्रयोग गर्दछन् । यो प्रतिवेदनको नतिजाले अभिभावकहरुलाई सचेत बनाइदिएको छ ।

अब अभिभावकहरुले चिन्ता मान्नुपर्ने भएको छ की सानै उमेरमा आफ्ना बच्चालाई मोबाइल खेलाउन दिनु सही हो वा होइन ?

अध्ययन अनुसार ५१ प्रतिशत अभिभावकहरु आफ्ना बच्चालाई सानै उमेरमा मोबाइल तथा स्मार्टफोन चलाउन दिँदा कुनै फरक नपर्ने धारणा राख्ने गर्दछन् । अभिभावकको यस्तो लापरवाही झनै चिन्ताजनक रहेको शोधकर्ताहरु बताउँछन् ।

तर बेलायती अभिभावकहरु भने केही सचेत देखिएका छन् । ६० प्रतिशत अभिभावकले आफ्ना पाँच वर्ष भन्दा कम उमेरका बच्चाहरुलाई मोबाइल फोनको प्रयोगबाट टाढै राख्नुपर्ने बताउँछन् ।

यद्यपि यस्तो कुरालाई कार्यान्वयन गर्ने मामिलामा भने उनीहरु असफल देखिएका छन् । तथ्यांक अनुसार अमेरिका तथा बेलायत जस्ता विकशित देशहरुमा एक तिहाइ बालबालिकाको आफ्नै मोबाइल तथा स्मार्टफोन ग्याजेट रहेको छ । त्यसैले उनीहरुलाई ग्याजेट प्रयोग गर्नबाट रोक्न निकै गाह्रो हुन्छ ।

अत्यधिक मोबाइल, स्मार्टफोन, ट्याब्लेट तथा कम्प्युटर प्रयोग गर्ने लतले बालबालिकामा विभिन्न खाले शारीरिक तथा मानसिक असर पार्ने विज्ञहरु बताउँछन् ।

यसले बालबालिकाको आँखाको ज्योतिमा असर पार्ने, बढि झर्किने स्वभावको बनाउने तथा शारीरिक व्यायाम वा सामाजिक सम्बन्ध र व्यवहारमा पनि कमजोरी उत्पन्न गराउने विज्ञहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment