Comments Add Comment

स्वाभिमान झुक्न दिन्नँ: प्रधानमन्त्री

KP oli

२८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै भारत भ्रमणमा जान लागेको बताएका छन् । तर, देशको हित विपरित कुनै सम्झौता नगर्ने र स्वाभिमान झुक्न नदिने उनले बताए ।

बिहीबारबाट राजधानीमा सुरु भएको एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नाकाबन्दी खुलेको बताए । आफू छिट्टै भारत भ्रमणमा जाने भन्दै उनले भने-नेपाली जनताको हित विपरित सम्झौता हुँदैन । स्वाभिमान झुक्न दिन्नँ ।’

राष्ट्रवाद देखाउँँन कुनै प्वाँख हाल्न जरुरी नभएको भन्दै उनले सार्वभौमसत्ता, भौगोलिक अखण्डता लगायतमा कुनै सम्झौता नगर्ने बताए । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली नेपाली कांग्रेसलाई सरकारमा आउन आहृवान समेत गरेका छन् । कांग्रेस किन सरकार बाहिर बस्यो र कस्तो राजनीति गरिरहेको छ आफूले बुझ्न नसकेको उनले बताए ।

एमालेमा कुनै गुटबन्दी नभएको र हुन नदिने उनले बताए । विद्यार्थीमा गुटबन्दी भएको आरोप अस्वीकार गर्दै उनले भने-सके मिलेर जानुस्, नसके लोकतान्त्रिक प्रक्रियाबाट जितेर आउनुस् । जितेर आउने नै अनेरास्ववियुको अध्यक्ष हो र मेरो पनि अध्यक्ष हो ।’

प्रधानमन्त्री ओलीले तुइन हटाएर छाड्ने भन्दै ०७४ सालको साउनमा कुतै देखिए फोटो खिचेर ल्याउन चुनौती दिए । आगामी असारसम्ममा योजना बन्ने र अर्को असारसम्ममा तुइन हटाएर झोलुङ्गे पुल राख्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment