Comments Add Comment

क्लोज अपले शनिबार सिभिल मलमा भ्यालेन्टाइन्स् विशेष कार्यक्रम गर्ने

close-up
२९ माघ, काठमाडौं । भ्यालेन्टाइन्स् डे नजिकै आइसक्यो, तपाईंले आफूले माया गर्ने मान्छेसँग आत्मविश्वासको साथ नजिक आउन सोच्नुभएको छ ? यदि त्यसो हो भने क्लोज अप लभ फेस्ट उत्कृष्ट गन्तव्य हुनसक्छ ।

क्लोज अपले भ्यालेन्टाइन्स् डेमा विशेष वातावरण बनाउन फेब्रुअरी १३ शनिबार सिभिल मलमा विभिन्न प्रतियोगिता तथा खेलहरु आयोजना गर्ने भएको छ ।

दिनभर लाइभ ब्याण्ड, डिजे जोन, डान्स पफर्मेन्स लगायत मनोरञ्जनात्मक कार्यक्रमहरुसँगै सिभिल मल उत्सवमय हुने आयोजकले जनाएको छ । कार्यक्रममा स एडि्रयन प्रधान, नरेन लिम्बु, रोहित जोन क्षेत्री लगायतले  लाइभ प्रस्तुती दिनेछन् ।

कार्यक्रममा आफ्नो जोडीसँग नाच्नको लागि डिजे जोन, मायाको भविष्यबाणीको लागि ट्यारो कार्ड रिडिङ्ग र आफ्नो माया व्यक्त गर्न लभ मेसेज दिने स्थान पनि राखिनेछ ।

यस्तै फुड कोर्ट, संगीत र विभिन्न मनोरञ्जनात्मक प्रस्तुति पनि रहनेछ । क्लोज अप लभ मेसेज फेस्टको विजेता घोषणा पनि कार्यक्रममा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment