Comments Add Comment

बारा–पर्सामा आएको आँधी टोर्नाडो, चिकित्सकको आन्दोलनले बिरामी प्रभावित

खुम्चिँदै विप्लव, ६१ सदस्यीय केन्द्रीय समिति घटेर ४१ मा

२३ चैत, काठमाडौं । बारा र पर्सामा गएको हावाहुरीमा केही दिनदेखि लगातार केन्द्रित दैनिक पत्रिकाहरू आजबाट विस्तारै अन्य विषयवस्तुतर्फ मोडिएका छन् । खासगरी अनियमितता र बेथिति नै आजका प्रमुख दैनिक पत्रिकाहरूले प्राथमिकतामा राखेका छन् । शनिबार भएकाले विविध विषय समेटिएका शनिबारीय सामग्री पनि पत्रपत्रिकाहरुले पस्किएका छन् ।

समायोजनप्रति असहमति जनाउँदै चिकित्सकले थालेको आन्दोलन र त्यसले पारेको प्रभावबारे कान्तिपुरले मुख्य समाचार बनाएको छ ।

प्रदेश र स्थानीय तहमा समायोजन गर्दा आफूहरुलाई एक तहबाट अर्कोमा सरुवा हुन पाउने व्यवस्था नराखिएको भन्दै सरकारी चिकित्सकहरु आन्दोलित छन् । सबै सरकारी चिकित्सकलाई संघ सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने उनीहरुको मुख्य माग छ ।

कान्तिपुरका अनुसार, यही माग राखेर देशभरका सरकारी चिकित्सकले आकस्मिकबाहेकका सेवा बहिष्कार गर्दा शुक्रबार देशभरका ५० हजारभन्दा बढी बिरामी मर्कामा परेका छन् । २४ घण्टा भोकै सुताइएका बिरामीलाई समेत अप्रेसन नहुने भन्दै घर फर्काइएको छ ।

विजयपुर गढीको जग्गा अतिक्रमणबारेको एक सामग्री पनि कान्तिपुरले छापेको छ ।

अन्नपूर्णले भ्रष्टाचारमा निजामती सेवाका सुब्बाको बिग्रँदो छवीबारे मुख्य समाचार बनाएको छ ।

‘उस जमानामा सुब्बाले शासक हाँक्थे । यस जमानामा आइपुग्दा ठुल्ठूला पद बने । सुब्बाको स्तर तल झर्यो । तर, खाने मामलामा सजिलो माध्यम तिनै बन्न थाले । हाकिम पन्छिने । सुब्बा माग्ने र छिट्टै करोडपति बन्ने । र, अख्तियारको जालमा पर्ने’, सुब्बाको बदलिँदो छविबारे प्रष्ट पार्दै अन्नपूर्णले लेखेको छ ।

‘खुम्चिँदै विप्लव’ शीर्षक दिएर अन्नपूर्णले विप्लवबारे पनि लेखेको छ । समाचचार अनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको सांगठनिक संरचना खुम्चिँदै गएको छ । २ वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झण्डै २ दर्जन नेता केन्द्रीय समितिमा छैनन् । दर्जन नेता सत्तारुढ नेकपामा छिरेको र बाँकी निष्क्रिय रहेको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण लेख्छ– ०७३ फागुनमा रोल्पामा भएको आठौं महाधिवेशनले पार्टीको नाम फेरेर नेकपा मात्रै राखेन, ६१ सदस्यीय केन्द्रीय सदस्यीय केन्द्रीय समिति पनि बनायो । तर २ वर्ष नबित्दै केन्द्रीय समिति ४१ मा आइपुगेको छ ।

नागरिकले हावाहुरीबाट प्रभावित बारा र पर्साका गाउँबस्ती आगलागीसहित महामारीको उच्च जोखिममा रहेको भन्दै सचेत रहन सुझाएको छ । सेनाले सर्वसाधारणलाई घोडेजात्रा हेर्न सहज वातावरण नबनाउँदा यो ठूलाबडाको मात्रै बनेको अर्को सामग्री पनि नागरिकमा छ ।

गोरखापत्रले गत आइतबार बारा र पर्सामा विभ्वंश मच्चाउने आँधीबेहरीको नाम टोर्नाडो भएको लेखेको छ ।

नेपालल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान .नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलोपटक टोर्नाडो आएको पुष्टि गरेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment