Comments Add Comment

झलनाथका गीतको एकल साँझ हुने

Jhalanath Khanal
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित गीतको एकल साँझ हुने भएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घको वाषिर्कोत्सवको अवसरमा आगामी फागुन ७ मा इलाममा ‘जेएन साङ्गीतिक साँझ’ प्रस्तुत हुन लागेको हो । उक्त साँझमा खनालले लेखेका १२ वटा गीत प्रस्तुत गरिने भएको छ ।

गीतमा मधु गुरुङ, सिन्धु जलेसा, संजय तुम्रुक, रुपक चौधरी, जुना राई, आकाश थापा र जितेन्द्र चौधरीले स्वर दिने भएका छन् । तिन दिनसम्म चल्ने उक्त कार्यक्रममा साङ्गीतिक साँझ, साहित्य गोष्ठी, जनसांस्कृतिक कलाकर्मी प्रशिक्षणलगायतका कार्यक्रम तय भएको जनसांस्कृतिक महासङ्घ इलाम अध्यक्ष दीपकिशोर लिङ्दमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment