Comments Add Comment

प्रचण्ड र बैद्यले जनयुद्ध दिवस एकै ठाउँमा मनाउन सकेनन्

Prachanda and Baidhya१ फागुन, काठमाडौं । प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी र मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको एकता बहसले पछिल्ला दिनहरुमा निकै चर्चा पायो ।

दुबै दलका शीर्ष नेताहरुले समेत पार्टी एकता गर्ने र नभए फागुन १ गते जनयुद्ध दिवसमा संयुक्त कार्यक्रम गरेर एकताको सन्देश दिने बताए । तर, दुई माओवादीको पार्टी एकता मात्र होइन, जनयुद्ध दिवसमा आयोजित कार्यक्रम समेत संयुक्त नहुने भएको छ ।

शनिबार प्रचण्ड र बैद्यले छुट्टा-छुट्टै कार्यक्रम गर्दैछन् । प्रचण्ड माओवादीले पेरिसडाँडामा कार्यक्रम राखेको छ भने बैद्य माओवादीले इन्द्रचोकमा कार्यक्रम गर्ने तय भएको छ ।

एक नेताका अनुसार जनयुद्ध दिवसमा संयुक्त कार्यक्रम गर्ने छलफल चलेपनि सहमति हुन सकेन । पार्टी एकताबारे नेताहरुबीच छलफल भएपनि दुबैले आफ्ना पार्टीमा आन्तरिक छलफल र निर्णय गर्न बाँकी रहेकाले पनि अफ्ठ्यारो भएका उनले बताए ।

एमाओवादी प्रवक्ता दिनानाथ शर्माले भने, पार्टी एकता गरेर संयुक्त कार्यक्रम गर्ने भनिएको हो । तर, एकताका लागि गृहकार्य पुगेन ।’
बैद्य माओवादीकी प्रवक्ता पम्फा भुसालका अनुसार बैद्य माओवादीले भने देश भरी नै कार्यक्रम गर्दैछ ।

काठमाडौंमा हुने सभामा बैद्य हुनेछन् भने महासचिव रामबहादुर थापा बादल, सचिव देव गुरुङसहितका नेताहरु रानधानी बाहिरका सभामा रहनेछन् ।

सिंगो पार्टीले संयुक्त कार्यक्रम गर्न नसकेपनि विद्यार्थीहरुले भने संयुक्त रुपमा प्रभातफेरि निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment