Comments Add Comment

कोइरालाको विरासत संस्थापनमै तानातान

Ramchandara२ फागुन, काठमाडौं । दिवंगत सभापति सुशिल कोइरालाको विरासत लिन नेपाली कांग्रेसभित्र संस्थापन पक्षकै नेताबीच तानातान सुरु भएको छ ।

आफूलाई कोइरालाको उत्तराधिकारी साबित गर्न कार्यवहार सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका नेता सक्रिय देखिएका आजको नागरिक दैनिकमा समाचार छ ।

सभापतिमा आफूलाई सहयोग गर्न कार्यवहाक सभापति रामचन्द्र पौडेलले शनिकार कोइराला निवास महाराजगञ्जमा बोलाएको बैठकमा महामन्त्रीद्वय सिंह र सिटौलाले पनि सभातिको दावेदारी प्रस्तुत गरेका थिए ।

वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिका रुपमा प्रचारप्रसारमा जुटिसकेका बेला संस्थापनबाटै ससजाता कोइरालाले पनि सुशिलको निधन अघि नै सभापति उठ्ने घोषणा गरेकी छिन् ।

कोइरालको निधन अघि उनको ‘लिगेसी’ जिताउन आफू त्याग गर्न तयार रहेको बताएका नेता रामशरण महतले पनि सभापतिमा दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment