+
+
Shares

अमेरिकी जेलमा आत्महत्या गरेका नेपाली डाक्टरको परिवारलाई दुई करोड क्षतिपूर्ति

३ फागुन, काठमाडौं । अमेरिकाको एक अदालतले जेलमा आत्महत्या गरेका नेपाली डाक्टरको परिवारलाई २ लाख डलर (झण्डै दुई करोड रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिएको छ ।

३३ वर्षका डाक्टर शिवलाल आचार्यले अमेरिकी जेलमा १३ डिसेम्बर २००८ मा आत्महत्या गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ३ गते १९:०८
Dr-Shiva-Lal-Acharya
डा. शिवलाल आचार्यले जसले सन् २००८ मा पेन्सलभेनिया जेलमा आत्महत्या गरेका थिए ।

३ फागुन, काठमाडौं । अमेरिकाको एक अदालतले जेलमा आत्महत्या गरेका नेपाली डाक्टरको परिवारलाई २ लाख डलर (झण्डै दुई करोड रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिएको छ ।

३३ वर्षका डाक्टर शिवलाल आचार्यले अमेरिकी जेलमा १३ डिसेम्बर २००८ मा आत्महत्या गरेका थिए ।

उनले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएपछि उनलाई पक्राउ गरिएको थियो । उनलाई अदालत पेश गर्ने तयारी थियो ।

आचार्यको परिवारले उनी ‘सुसाइडल’ अर्थात आत्महत्या गर्न सक्ने थाहा हुँदा हुँदै पनि राम्रो ध्यान नदिएको आरोप लगाउँदै क्षतिपूर्तिका लागि मुद्दा दायर गरेको थियो ।  उनीसँगै रहेका कैदीले आत्महत्या गरेका थिए भने आचार्यले आत्महत्या गर्न एक भन्दा बढी तन्ना प्रयोग गरेर झुण्डिएका थिए ।

त्यसअघि पनि उनले आत्महत्याका लागि केही औषधिको अत्यधिक प्रयोग गरेको भेटिएको थियो ।

उनले आत्महत्या गर्न सक्ने सम्भावना हुँदाहुँदा उनलाई पर्याप्त निगरानीमा नराखेर लार्पवाही गरिएको दावी गर्दै परिवारले दायर गरेको मुद्दामा क्षतिपूर्तिको आदेश भएको पिटर्सवर्ग पोष्ट गजेट पत्रिकाले जनाएको छ ।

डा. आचार्य सिकागो कार्यरत थिए । २००८  सेप्टेम्बरमा पेन्सिलभेनियाको हाइवेमा भएको सवारी दुर्घटनामा उनको कारको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको थियो । त्यसअघि ओभर स्पीडमा उनलाई प्रहरीले पछ्याइरहेको थियो । उनले प्रति घण्टा २१० किलोमिटरको गतिमा गाडी चलाएका थिए ।

दुर्घटनापछि डा. आचार्य जंगलतिर भागेर चार घण्टासम्म लुकेका थिए । उनलाई पक्राउ गर्न प्रहरीले हेलिकोप्टर नै प्रयोग गर्नु परेको थियो ।
उनीमाथि दुर्घटनाका क्रममा मृत्यु हुँदै गरेका वा मृत्यु भएका पीडितलाई छाडेको आरोप समेत लागेको छ । त्रिवि शिक्षण अस्पतालबाट छात्रवृत्तिमा अध्ययन गरेका डा. आचार्य २००५ मा न्यूयोर्क गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?