Comments Add Comment

प्रलेसको सम्मेलनमा प्रधानमन्त्रीले भने- पूर्खाले महाभारत रचे, हामी हाइकुमा झर्‍यौं

pralesha२६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राजधानीमा साहित्यिक मन्तव्य दिएका छन् । प्रगतिशील लेखक संघको १० औं राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै प्रधानमन्त्री ओलीले साहित्यबारे चर्चा गरेका हुन् ।

चिन्तन बिनाको साहित्यले कुनै सन्देश प्रवाह नगर्ने प्रधानमन्त्री ओलीले बताए । ‘चिन्तन र साधना बिनाको साहित्यले सन्देश प्रवाह गर्न सक्दैन’ प्रधानमन्त्री ओलीले साहित्यकारहरुको कार्यक्रममा भने ‘हाम्रा पूर्खाहरुले कठोर साधना गरेर महाभारत रचना गरे, हामी साधना गर्ने बानी हटेर हाइकुमा आइपुग्यौं । ‘

प्रधानमन्त्री ओलीले साहित्यले समाजलाई परिवर्तन र आधुनिक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । प्रगतिशील लेखक संघको राष्ट्रिय सम्मेलनको उद्ध्घाटन गर्दै ओलीले सृजनाका लागि मात्र साहित्य नभई समाज परिवर्तनका लागि साहित्यलाई उपयोग गर्नुपर्ने बताए ।

‘कुनै पनि सृजना बिचारबाट निर्देशित हुनुपर्छ’ ओलीले भने ‘नेपालका जुनसुकै राजनीतिक परिवर्तनका लागि साहित्यको महत्वपूर्ण योगदान छ ।’

साहित्यले समाजलाई संगठिन गर्न पनि महत्वपूर्ण भूमिका निवार्ह गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । लीपी नभएका बेला पनि श्रुती साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । त्यही श्रुति साहित्य स्थानान्तरण भएर आउँदा हाम्रा लोककथा, गीतहरु बनेको उनले बताए ।

नेपाली साहित्य र संगितलाई बलियो बनाउन सरकार सधैं सकारात्मक रहेको बताउँदै प्रधानमन्त्री ओलीले साहित्यकारहरुको मागमा सरकारले आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment