+
+
Shares

गुगलमा के के खोज्छन् महिलाहरु ?

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २८ गते १०:१५

google

दुनियाको सबैभन्दा धेरै प्रयोगकर्ता भएको इन्टरनेट सर्च इन्जिन गुगल ज्ञान तथा सूचनाको भण्डार नै हो ।

तथ्यांक अनुसार विश्वमा गुगलका प्रयोगकर्तामा पुरुष भन्दा महिलाको संख्या बढि छ । आखिर महिलाहरु गुगल सर्च इन्जिनमा के के खोज्दछन् त ? यो निकै रोचक विषय हो ।

तथ्यांक अनुसार महिलाले गुगलमा सबैभन्दा बढि खोज्ने विषय अर्थात् विधा चाहीँ सौन्दर्य प्रशाधनका सामान सम्बन्धी जानकारी नै हो । गुगल सर्चमा ब्युटी प्रडक्टका विषयमा खोजी गर्ने क्रम बढिरहेको पाइएको छ ।

त्यस्तै खाना खाने ठाउँ अर्थात् होटल रेष्टुरेन्ट अनि मनोरन्जनका साधनहरुको बारेमा समेत गुगल सर्च इन्जिनमा खोज्ने महिलाहरुको संख्या पुरुषहरुको तुलनामा बढि भएको पाइएको छ ।

गुगल सर्च इन्जिनमार्फत पोर्न सामाग्री खोज्ने महिलाहरुको संख्या पनि निकै बढिरहेको पाइएको छ । ४ करोड प्रयोगकर्ता रहेको पोर्न हबका अनुसार गुगल सर्च इन्जिनमार्फत पोर्न सामाग्री खोज्ने पोर्न पारखीहरुमा महिलाको अनुपात उल्लेख्य रहेको छ ।

गुगलमा हेल्थ तथा फिटनेस सम्बन्धी आलेख तथा जानकारीहरु खोज्ने मामिलामा पनि महिलाहरुको निकै अघि छन् । त्यस्तै महिलाहरुले गुगल सर्च इन्जिनमार्फत अनलाइनमा खानाका परिकारहरुका बारेमा पनि खोजिनीति गर्ने गरेका छन् ।

गुगलको रिपोर्ट अनुसार ३५ देखि ४४ वर्ष उमेरका महिलाहरु कुनैपनि उमेर समूहका पुरुषहरु भन्दा गुगलमा बढि समय बिताउने मामिलामा अगाडि छन् ।

त्यस्तै बढि इन्टरनेट चलाउने मामिलामा १५ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु पनि इन्टरनेट चलाउने मामिलामा अगाडि देखिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?