२८ चैत, काठमाडौं । अमेरिका र इरान शान्तिवार्ता गर्नेमा सहमत भएपछि पश्चिम एसियामा जारी द्वन्द्व अस्थायी रूपमा थामिएको छ । पाकिस्तानको मध्यस्थतामा जुटेको सहमतिपछि आज दुई देशका वार्ताकार पाकिस्तानको राजधानी इस्लामावादमा शान्तिवार्तामा जुट्दैछन् ।
शान्तिवार्ताका लागि आजै अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको छ । अमेरिकी वार्ता टोलीको नेतृत्व उपराष्ट्रपति भान्सले गर्नेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको कमान उनैलाई सुम्पिएर पठाएका छन् ।
भान्स सवार ‘एयर फोर्स टु’ विमान इस्लामाबादमा केही घण्टाअघि अवतरण भएको छ । उपराष्ट्रपति भान्सलाई सघाउन ट्रम्पका विशेष दूत स्टीभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुसनर पनि साथमा छन् ।
भान्सको टोलीलाई विमानस्थलमा पाकिस्तानी उपप्रधान एवं विदेशमन्त्री मोहम्मद इशहाक डार र पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीरले स्वागत गरेका छन् ।
उता इरानका तर्फबाट वार्ताको नेतृत्व संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले गर्नेछन् । उनीपनि पाकिस्तान पुगिसकेका छन् ।
जेडी भान्स इस्लामावाद पुग्दाका तस्वीरहरू



तस्वीर : एएफपी
प्रतिक्रिया 4