Comments Add Comment

वनमा लागेको आगो निभाउने क्रममा जलेर २ को मृत्यु, एक घाइते

Agolagi-At-gulmi

१७ वैशाख, गुल्मी । सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर दुई जनाको जलेर मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।

दोहोली गाविसको जुकेखोला सामुदायिक वनमा शुक्रवार बिहानदेखि लागेको लागेको आगो निभाउने क्रममा दोहोली ५ का ६२ वर्षका तुल्सीलामा गुरुङ र दोहोली वडा नं. ६ का लोक बहादुर गुरुङ्गको मृत्यु भएको हो ।

वनमा लागेको आगो निभाउन गएका तुल्सीलामा गुरुङ्गको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का लोक बहादुर गुरुङ्ग उपचारका लागि पाल्पा लैजाने क्रममा वाटोमै प्रहरी निरिक्षक शैलेन्द्र भट्टले जानकारी दिए ।

आगो निभाउने क्रममा घाइते भएका लोकबहादुरलाई जिल्ला अस्पताल गुल्मीमा उपचार हुन नसकेपछि थप उपचारको लागी पाल्पा पठाएको थियो । आगोले उनको शरिरको ७० प्रतिशत भन्दा वढी भाग जलेको अस्पतालले जनाएको छ ।

वनमा लागेको आगो निभाउने क्रममा सोहि ठाउँ निवासी मिन बहादुर लामा घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment