Comments Add Comment

न्युयोर्कमा नेपाल प्रदर्शनीको तयारी तिव्र, पत्रकारसँग अन्तरक्रिया आयोजना

nepal-exhibition-6
विजय थापा
वाशिंगटन डिसी । विश्व कै सम्राट राज्य न्युयोर्कमा गत मे १ तारिख नेपाल प्रदर्शनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजनामा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l 
 
वर्ल्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्टले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम न्युयोर्क सेरोफेरोमा रहेका नेपाली व्यावसायी तथा पत्रकारहरुलाई नेपाल प्रदर्शनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको बारेमा जानकारी दिने मुख्य उद्देश्यले गरिएको थियो l 
अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रबर्धन गर्ने तथा नेपाल र अमेरिका बीच व्यापार विस्तार गर्नका लागि न्यूयोर्कमा नेपाली सामानहरुको प्रदर्शनी आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म मेलाको आयोजना गरिने छ । र उक्त तीन दिने मेलामा नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता हुने अनुमान गरिएको छ l
 
कार्यक्रममा खादा, फूल गुच्छा आदिबाट अतिथिलाई सम्मान नगरी आयोजकले ल्याएका नेपाली झन्डा १-१ थान हस्तान्तरण गरी कार्यक्रम सुरुवात गरिएको थियो l यसै क्रममा न्युयोर्कमा आगामी मे २२ तारिखमा हुने नेपाल परेड दिवसको लागि १ सय ५० डलर आर्थिक सहयोगको साथै १ सय १० वटा नेपाली झन्डा वितरण गरियो l
 
संचारकर्मीहरुले राखेका जिज्ञासाहरुको जबाफ संस्थाका अध्यक्ष सभापति बुद्धिप्रसाद रेग्मीले दिएका थिए भने संचालक समिति सदस्य संजय थापाले अतिथि तथा पत्रकारलाई स्वागत गर्दै थप जानकरी दिएका थिए । संचालक समिति सदस्य कृष्ण लामिछानेले कार्यक्रम संचालन गरेका थिए ।
 
अमेरिकी खरिदकर्तालाई कसरी बढीभन्दा बढी उपस्थित गराउने भन्ने बिषयमा नेपाल सरकारका महावाणिज्य दूत नारायणप्रसाद मैनालीले आफ्नो धारणा तथा सुझाब दिएका थिए । यसैगरी उपवाणिज्यदूत प्रविन भटराई तथा न्युयोर्क वरपरका पचासभन्दा बढी संस्था तथा पत्रकारहरुको उपस्थितिमा कार्यक्रम भव्यताको साथ सम्पन्न भयो । 
 
आगामी मे ११ र १२ तारिखमा वाशिंगटन डिसीमा सिनेटर तथा कांग्रेस संगको भेटघाटमा महत्वाकांक्षी मेलाको बिषयमा जानकारी गराउने भएको छ l यसैगरी आगामी दिनमा वर्ल्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसी समूहले काठमाडौँस्थितअमेरिकन दूतावासमा समेत भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ l  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment