Comments Add Comment

नाै महिनामा लक्ष्मी बैंकले साढे ४४ करोड कमायो

Laxmi-Bank-२२ वैशाख, काठमाडाैं । लक्ष्मी बैंकले चालु आर्थिक बर्षको नौ महिनामा ४४ करोड रुपैंयाँ नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो बर्षको सोही अवधिमा आर्जन गरेको भन्दा साढे १८ करोड रूपैयाँले बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २५ करोड ४९ लाख नाफा कमाएको थियो ।

बैंकको खुद व्याज अाम्दानी १७ करोड रूपैयाँले बढेपिछ खुद नाफा पनि बढेको हो । ०७१ चैत मसान्तमा ७१ करोड रूपैयाँ व्याज अाम्दानी गरेको बैंकले ०७२ चैत मसान्तमा ८९ करोड रूपैयाँ व्याज अाम्दानी गरेको छ ।

०७२ चैत मसान्तसम्ममा बैंकले ४३ अर्ब ७१ करोड रूपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ६८ करोड रूपैयाँ कजाै प्रबाह गरेको छ । बैंकको चुक्ता पुँजी  ३ अर्ब ३ करोड रूपैयाँ रहेको छ भने रिजर्भ १ अर्ब ७७ करोड रहेको छ ।

लक्ष्मी बैंकको प्रतिकित्ता आम्दानी १९ रुपैंयाँ ३१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५८ रुपैंयाँ २८ पैसा रहेको छ । बैंकको खराब कर्जा एक दशमलब २८ प्रतिशत रहेको छ । बैंकले राइटब्याकबाट ५ करोड ७७ लाख प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment