Comments Add Comment

भैरहवा र मुस्ताङका किशोरीलाई सेनेटरी किट

kit-bitaran
१ जेठ, भैरहवा । भैरहवा र मुस्ताङका किशोरी तथा महिलाहरुलाई महिनावारीमा काम लाग्ने सेनेटरी प्याड सहितको किट वितरण गरिएको छ ।

भैरहवामा रहेको प्रतिमान निमा मेमोरियल प्रतिष्ठानको सहयोगमा अमेरिकाको न्यू मेक्सी स्थित ‘ओमेन टु बी’ नामक संस्थाले किशोरी तथा महिलाहरुलाई सेनेटरी प्याड सहितको किट वितरण गरेको हो ।

भैरहवाको पक्लिहवा मावि र चिल्हिया गाविसको आमा समूहलाई यस्तो ५ सय थान र मुस्ताङ जिल्लामा पनि ५ सय थान किट बितरण गरिएको भैरहवमा आयोजित पत्रकार सम्मेलनमा प्रतिमान निमा मेमोरियल प्रष्ठिानकी सदस्य स्वाती थापाले बताईन् ।

महिनावारी तथा त्यससँग सम्बन्धित अन्य स्वास्थ्यका कारण महिला तथा किशोरीहरुको मनोबल खस्किन नपाओस भनि यस्तो किट बितरण गरिएको ओमेन टु बी की अध्यक्ष क्रिस्टिना ग्लिडिनको भनाई थियो ।

उनले महिला तथा किशोरीहरुको आत्मविश्वास तथा जिवन स्तर उकास्न आफ्नो संस्थाले यसपछि पनि काम गर्ने बताईन् । महिलाहरुमा हुने महिनावारी सम्बन्धी समस्याबारे आफुहरुले सोध गरिरहेको र सो सोध पुरा भएपछि समस्या समाधान गर्न सहयोग हुने उनले भनिन् ।

कार्यक्रममा प्रतिमान निमा मेमोरियल प्रतिष्ठानका कार्यकारी निर्देशक धर्म केसी, सदस्य रमिला थापा मगर केसी, रामु क्षेत्री लयागतले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment