Comments Add Comment

थारुहटद्वारा १५ दिने आन्दोलन घोषणा

tharuhat

११ जेठ, काठमाडौं । थारुहट/थारुवान संयुक्त संघर्ष समितिले आगामी जेठ १६ देखि ३० गतेसम्मको १५ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

समितिले मंगलबार पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

घोषित आन्दोलनको कार्यक्रमहरुमा जेठ १६ गते उपत्यका र थारुहट जिल्लामा सर्वपक्षीय बैठक गरी जिल्ला स्तरीय आन्दोलनसमितिलाई शसक्त बनाउने, जेठ १६ गते बुद्धिजिवी, नागरिक समाज, पत्रकार, समाजसेवी लगायत सरोकारवालाहरुसँग छलफल गर्ने, जेठ २० देखि ३० गतेसम्म दश दिन जनजागरण, जनचेतना र जनपरिचालन लगायतका प्रचारात्मक कार्यक्रम गर्ने रहेको छ ।

त्यसैगरी जेठ २३ गते काठमाडौ उपत्यकासहित थरुहट जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जेठ २६ गते समितिको माग मुद्दाको आवश्यकता र औचित्यको विषयमा स्वदेशी विदेशसँग अन्र्तक्रिया गर्ने, जेठ २७ गते काठमाडौसहित थरुहट जिल्लामा विरोधसभा गर्ने, जेठ २९ गते टिकापुर घटनाको सत्यतथ्य सार्वजनिक गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादीहरुसँग छलफल गर्ने र जेठ ३० गते उपत्यकासहित थरुहट जिल्लामा आदीबासी थारु, थरुहट विरोधी संविधानका विभेदकारी धाराहरुको प्रतिलिपि जलाउने छन् ।

पत्रकार सम्मेलनमा समितिले जेठ ९ र १० गते काठमाडौमा भएको राष्ट्रिय भेलाले जारी गरेको १५ बुँदे काठमाडौ घोषणा समेत सार्वजनिक गरिएको थियो ।

जसमा बजेट थारु मैत्रि हुनु पर्ने, होरिलाल चौधरीको नेतृत्वमा रहेको प्रादेशिक संघर्ष समिति खारेज गर्ने, टिकापुर घटनाको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, सरकारसँग परिणामुखी बार्ता गरेर आफूहरुको माग पुरा गराउने, संघर्ष समितिका संयोजक धनिराम चौधरीसहित ११८ जनामाथि लगाइएको मुद्दा निसर्त खारेज गर्नु पर्ने लगायतको रहेको छ ।
००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment