Comments Add Comment

आइएमईका अध्यक्ष ढकालद्वारा इस्तानबुलमा विकासबारे सम्बोधन

१६ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंक तथा आइएमई समूहका अध्यक्ष चन्ऽप्रसाद ढकालले टर्कीको अन्ताल्यामा आयोजित इस्तानबुल प्रोग्राम अफ एक्सनको “विकासका लागि संकट तथा चुनौतिमा आर्थिक श्रोतहरुको सदुपयोग” कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

chandra dhakalअध्यक्ष ढकाललाई अतिकम विकसित राष्ट्र्रहरुबाट नीजि क्षेत्रको प्रतिनिधित्वका लागि यही २९ मे २०१६ मा आयोजित विशेष समीक्षा कार्यक्रममा अतिथी वक्ताको रुपमा आमन्त्रित गरिएको थियो । यसअघि २६ मे २०१६ मा”अतीकम विकसीत मुलुकहरुमा लगानिका अवसरहरु” शिर्षकको एक दिवसिय कार्यक्रममा पनि उनको सहभागिता थियो ।

अतिकम विकसित राष्ट्रहरुको दिगो आर्थिक विकास तथा अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति गर्ने उदेश्यका साथ सन् २०११ माटर्कीको इस्तानबुलमा बसेको संयुक्त राष्ट्र संघको चौथो सम्मेलनले पारित गरेका कार्ययोजनाको कार्यान्वयनको मध्यावधि समीक्षामा उक्त कार्यक्रम केन्द्रित थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले, अतिकम विकसित राष्ट्रहरुमा रोजगारीको सिर्जना गर्न, गरिबीको न्यूनीकरण गर्न, राज्यकोषमा राजश्व बढाउन, वस्तु तथा सेवाहरुको सहज आपूर्ति तथा वितरण गर्न  र विकासका पूर्वाधारहरुको निर्माणमा सम्भाव्य नयाँ क्षेत्रको पहिचान गरि लगानी विस्तार गर्न नीजि क्षेत्रले विशेष भूमिका खेलिरहेको बताए ।

सार्वजनिक नीजि साझेदारीको माध्यमबाट नेपाललगायत अन्य अतिकम विकसित देशहरुले दिगो आर्थिक बृद्वि हाँसिल गर्न आवश्यक पुँजीगत लगानीको फराकिलो अन्तरलाई न्यूनीकरण गर्न नीजि क्षेत्रलाई एक मुख्य साझेदार अंगको रुपमा हेरिनुपर्ने बताए ।
उनले नेपाल जस्ता अतीकम बिकसीत मुलुकहरुमा आर्थिक बिकासका लागि रेमिटेन्स तथा रेमिटेन्सबाट सिर्जित लगानीकोे निकै महत्वपूर्ण भूमिकारहेको उल्लेख गरे ।

एक दिवसीय विशेष समिक्षा कार्यक्रममा सदस्य राष्ट्रका राजदुतहरु लगायत नागरिक समाज, गैर सरकारी संस्था र प्राज्ञिक समुदायले पनि सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment