Comments Add Comment

अर्थमन्त्रीले मलाई झुक्याएः महावीर पुन

'घन्टाउके नेताज्यूहरुलाई' भन्दै महावीरको यस्तो कटाक्ष

१७ जेठ, काठमाडौं । म्यागासेसे पुरस्कार विजेता महावीर पुनले अर्थमन्त्री विष्णु पौडेलले आफूलाई झुक्याएको बताएका छन् । आफूले प्रस्ताव गरेको राष्ट्रिय आविष्कार केन्द्रको विषयलाई बजेटमा समेट्ने आश्वासन दिएर पनि पुरा नगरेको उनको गुनासो छ ।

Mahabir-Pun‘हालको अर्थ मन्त्री बिष्णु प्रसाद पौडेल ज्यूले पनि बिगतका अर्थ मन्त्रीहरुले जस्तै मलाइ झुक्याउनु भए जस्तो छ,’ पुनले फेसबुकमा लेखेका छन्, ‘तर उहाँले मलाई मात्र झुक्याएको होइन कि सम्पूर्ण नेपालीहरुलाई नै झुक्याएको हो ।’

पुनका अनुसार अर्थमन्त्री पौडेलले उनलाई चार महिना अगाडि भनेका थिए, ‘तपाईं म कहाँ आइरहनु पर्दैन । तपार्इले भनेको कुरामा के गर्न सकिन्छ म गर्छु ।’ त्यति भनेपछि उनी अर्थ मन्त्रालय जान छाडेछन् । तर, बजेट भाषण सुन्दा आफ्नो प्रस्तावको बारेमा केहि पनि उल्लेख नभएको पाएपछि पुन निराश बनेका छन् ।

उनी लेख्छन्, ‘मेरो प्रस्ताब एउटा राष्ट्रिय आविष्कार केन्ऽ स्थापना गर्ने र त्यसलाई कसरी दिगो र उत्पादनमुलक बनाई नेपाललाई बिकासको बाटोमा अगाढी बढाउने भन्ने थियो ।’

‘मेरो हौसला अझै बढेको छ,’ उनले अगाडी लेखेका छन्, ‘आँटेको काम जसरी भए पनि पुरा गर्ने छु जसको लागी अब जनताको घर दैलो चहार्नु पर्ने भयो ।’

देशका सबै पार्टीका नेताहरु र सम्बन्धित मन्त्रालयका सचिबहरुलाई एउटा जानकारी दिन चाहन्छु, उहाँहरुको कानसम्म पुगोस भन्दै पुनले यस्तो कटाक्ष लेखेका छन्, ‘पानी, हावा र सुर्यबाट बिजुली निकाल्ने काम, अन्तर्राष्ट्रिय विमानस्थलसहित ऽुतमार्ग र रेल मार्ग बनाउने काम, पेट्रोलियम तथा अन्य खनिज पदार्थ उत्खनन गर्ने र खनिज पदार्थ निकाल्ने काम, उद्योगधन्दाहरु निर्माण गर्ने काम जस्ता सबै किसिमका भौतिक पुर्वाधार निर्माण गर्ने कामहरु कुनै पनि देशमा बाँदर अथवा जनावरहरुले गरेका छैनन् । बाँदर अथवा जनावरहरुले देशको विकासको लागी चाहिने भौतिक पूर्वाधारहरु निर्माण गरेको कुनै उदाहरण छ भने भन्नु होला ।’

‘साधारण भाषामा यसरी बुझे हुन्छ,’ उनी थप लेख्छन्, ‘माथी भनिए अनुसारको भौतिक पूर्वाधारहरु निर्माण गर्न र देश बिकास गर्न स्वदेशमा नै दक्ष्य जनशक्तीको बिकास गर्नु पर्छ र नेपाल मै सम्भव भएसम्मका अनुसन्धान र बिकासका कामहरु गर्नुपर्छ । यी कामहरु नेपालीहरुले नेपालमा नै गर्न सक्छन् । हामीसँग देश बिकासको लागी चाहिने मानव पुँजी र संशाधनको खाँचो पटक्कै छैन ।’

‘यी कामहरु स्वदेशमा नेपालीहरुबाट नै भएन भने हामीले विदेशी विशेषज्ञहरु ाट सबै काम गराउनु पर्ने हुन्छ र विदेशीहरुको सबै टेक्नोलोजी भित्र्याउनु पर्ने हुन्छ. । त्यसो गर्दा देश परनिर्भरता तिर लम्कन्छ । ढिलै भए पनि स्वदेशमा दक्ष्य जनशक्तीको बिकास र प्रविधिको विकासको काम सुरु नगरी हुन्न घण्टाउके नेताज्यू ज्यूहरु Û देशमा नै बिज्ञान तथा प्रविधिको विकास नगर्ने र विदेशी विशेषज्ञहरु र विदेशी टेक्नोलोजीहरुमा मात्र निर्भर हुने हो भने देश कहिल्यै पनि उँभो लाग्दैन भनेर बुझनु जरुरी देखिन्छ. तथास्तु Û’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment