Comments Add Comment

डियर तलब ‘आइ लभ यू’

के के बढ्यो के के कुन्नी तलब कहिलै बढ्या हैन

पाँचरुप्पेको गोल्भेडा नि तीस घटी पाउनु छैन ।

मासु को त कुरै छाडौ नुन्तेल किन्नै गाह्रो भा थ्यो

फलफुल र गेडागुडि एक छाक खान साह्रो भा थ्यो ।

 

Adhikary Rabindraउध्रिएको लुगा धरी रफु गरी टालेको थे

पढाउन छोराछोरी सरकारीमा हालेको थे ।

महङी चाँही नरोकिने हेर्दाहेर्दै आकाश छुने

आँट थेन कपडा किनेको पानीले धुने ।

 

जुत्ता फेर्न तलुवामा भ्वाङ ठुलै पर्नै पर्थ्यो

भाडा लिन घरबेटिले हप्की दप्की गर्नै पर्थ्यो ।

भुकम्प र नाकाबन्दी आलो पालो गर्दै आए

अभावले निधारमा मुजाहरु भर्दै ल्याए ।

बुध्दी पुर्याइ जसोतसो एउटा जागिर खाएको थे

पैसा खुवाइ जागिर हान्न आसामी लाएको थे ।

आज जागिर मेरो लागि लैनु भैंसी बराबर भो

चौथाइ बड्दा सोह्र हजार आँखाचिम्ली सरासर भो ।

 

मासु खान अब मलाई दसैं कुर्नु पर्ने छैन ।

तलब बढ्यो येसैपालि खुशी कति कुरै छाडौ

जस्को बढ्यो तलब उस्ले केक काटी सब्लाई बाडौ ।

साउन भदौ बितेपछी खसी किन्ने दशै अाइगो

ग्वाम्म तलब मुठ्ठ्याउदा शान बेग्लै हुने भईगो ।

फाइनान्सको पन्ध्र लाख रीण अब तिर्ने भाछु

अफिस जादा खुट्टै दुख्यो स्कुटर नि किन्नेमा छु ।

पाटी गोस्ठी जादा खेरी एकजोर सुटपाइन्ट किन्नै पर्‍यो

दुइचार वटा कम्पनीको शेयर पनि लिनै पर्‍यो ।

 

अधिकारी रबिन्द्र, बनेपा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment