Comments Add Comment

१२ शवसँगै २४ नेपाली अफगानिस्तानबाट घर फर्किए

प्रधानमन्त्री र मन्त्रीहरूबाट मृतकप्रति श्रद्धाञ्जली अर्पण

Nepalis-Dead-Body-in-Kathmandu

८ असार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएका १२ नेपालीको शव लिएर नेपाल वायुसेवा निगमको जहाज काठमाडौं आइपुगेको छ । शव बोकेको सो जहाजमार्फत् २४ नेपाली कामदार पनि स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शव र नेपाल फर्कन इच्छुक नेपालीहरुलाई लिन वायु सेवा निगमको जहाजलाई चार्टर्ड गरेर सरकारले काबुल पठाएको थियो ।

जहाज केहिबेर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । शव बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवम् परराष्टमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत बिमानस्थल पुगेका छन् । उनीहरुले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

विमानस्थलमा मृतकका आफन्तहरु पनि छन् । उनीहरु शोकमा डुबेका छन् ।

त्रिभुवन विमानस्थलबाट शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिने छ । त्यहाँबाट आफन्तहरुको जिम्मा लगाइने छ ।

काबुल आक्रमणमा घाइते भएका थप पाँच नेपालीलाई बुधबार भारतको नयाँदिल्ली लगिएको छ ।

यो पनि पढ्नुस्

काबुल आक्रमणमा घाइते भएका थप पाँच नेपालीलाई दिल्ली लगियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment