Comments Add Comment

स्थानीय विकास मन्त्रालयले गाविस सचिवहरुलाई सोध्यो- अनुदान वितरणमा ढिलाई किन ?

अनुदान रकम वितरणलाई तिव्रता दिन पुनः परिपत्र

ministery-of-local-development, Sthaniya Bikas

१२ असार, काठमाडौं । भूकम्पबाट क्षति भएको आवास निर्माणका लागि अनुदान रकम दिने काममा ढिलाई भएको भन्दै स्थानीय विकास मन्त्रालयले भूकम्पबाट प्रभावित १० जिल्लाका गाविस सचिवहरुलाई सचेत गराएको छ ।

यसअघि स्थानीय विकास मन्त्रालयले अनुदान वितरणलाई तिव्र पार्न असार ३ गते गाविस सचिवहरुलाई निर्देशन दिएको थियो ।

आइतबार पुनः परिपत्र गर्दै मन्त्रालयले असार ३ को पत्रानुसार अनुदान रकम वितरणले किन गति लिन सकेन भनी राजधानी बाहेक १० जिल्लाका गाविस सचिवहरुलाई सचेत गराएको हो ।

यस्तै मन्त्रालयले पुनर्निर्माण प्राधिकरणसँग सम्झौता भएका बैंक तथा वित्तीय संस्थाहरुसँग सम्पर्क गरी आवश्यक समन्वय गरेर अनुदान वितरण तिव्र पार्न पुनः निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment