Comments Add Comment

भूकम्प प्रभावित गाउँमा ५८ अधिकृत खटाइयो

'गाविस सचिवमाथि लागेको दाग मेटाउने छौं'

Ministry-of-General-Administration,-Samanya-Prashasn-mantralaya

१५ असार, काठमाडौं । सरकारले एक हप्ताभित्र पदस्थापन गर्ने सहमति जनाएपछि ५८ जना अधिकृत तीन महिनाका लागि गाविस सचिवको रुपमा काम गर्न सहमत भएका छन् ।

भर्खरै अधिकृतमा उत्तीर्ण भएपछि उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयले स्थानीय विकास मन्त्रालय सरुवा गरेको थियो । स्थानीय विकास मन्त्रालयले ५८ जना अधिकृतहरुलाई तीन महिनाका लागि भूकम्पबाट प्रभावित जिल्लामा गाविस सचिवको रुपमा खटाउने निर्णय गरेको थियो ।

तर कर्मचारीहरुले भने गाविस सचिवको रुपमा काम गर्न अनिच्छा देखाएका थिए ।

मन्त्रालयले एक हप्ताभित्र पदस्थापन गरिदिने र पदस्थापन गर्न उनीहरुको रुचीलाई आधार मान्ने सहमति जनाएपछि बुधबार नै ५८ अधिकृत भूकम्पबाट प्रभावित जिल्लामा गाविस सचिवको रुपमा काम गर्न तयार भएका हुन् ।

सरकारले आइतबार नै उनीहरुलाई गाविसहरुमा पठाइसक्ने बताए पनि विवाद हुँदा केही दिन ढिला भएको हो ।

अनलाइनखबरसँग कुरा गर्दै अधिकृत केशवराज शर्माले भने, ‘सरकारले खटाएपछि तीन महिनाका लागि गाविस सचिव भएर काम गर्न तयार भएका छौं, यसलाई मैले एउटा अवसरका रुपमा लिएको छु ।’

उनले भने, ‘त्यहाँ रहँदा गाविस सचिवको छवीमाथि लाग्ने दाग मेटाउन कोसिस गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment