Comments Add Comment

निलो पहिरनमा हट एन्ड ब्यूटी वेनिशा

Benisha Hamal (4)
सोमबार बेलुकी एक कार्यक्रममा देखिएकी नायिका वेनिशा हमालको निलो वन पिसले धेरैको ध्यान खिच्यो । कार्यक्रममा उपस्थित केही पत्रकार र चलचित्रकर्मीले त वेनिशालाई सुरुमा ठम्याउन सकेनन् ।

पहिरनमा सजग नै देखिएपनि वेनिशाको चर्चा कपडाकै कारणले कम हुने गर्दछ । व्यवसायिक धारका चलचित्र कम खेलेकाले पनि वेनिशा नेपाली चलचित्र क्षेत्रमा अपेक्षित रुपमा नोटिस भैसकेकी छैनन् । Benisha Hamal (1) Benisha Hamal (2) Benisha Hamal (3)
तर, नायक निखिल उप्रेतीसँग उनले अभिनय गरेको चलचित्र ‘किङ’ले उनको चर्चा बढाएको छ । यसमाथि १६ बर्षकै उमेरमा दुबै आँखा गुमाएकी श्रृष्टी केसीको जीवनीमा बन्न लागेको चलचित्र ‘ब्लाइन्ड रक्स’मा काम गर्न लागेपछि वेनिशा मिडिया र दर्शकको नजरमा छिन् । Benisha Hamal (8) Benisha Hamal (9) Benisha Hamal (10)

सोमबार एक कार्यक्रममा पुगेकी वेनिशाको मेकअप, हेयर स्टाइल र पहिरनले उनको बदलिएको स्वरुप पनि प्रष्ट पारेको थियो । नायिका केकी अधिकारीसँगै पुगेपनि लाइमलाइट भने वेनिशाले नै क्रियट गर्न सफल भइन् । Benisha Hamal (5) Benisha Hamal (6) Benisha Hamal (7)

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment