Comments Add Comment

धुर्मुस-सुन्तली फाउण्डेशनलाई अष्ट्रेलियामा रहेका भुटानीहरुको सहयोग

Dhurmus Suntali work at Giranchaur (11)

तेस्रो मुलुक पुनर्वास अभियान अन्तर्गत दक्षिण अष्ट्रेलियामा बसोबास गरिरहेका भुटानी शरणार्थीले सुन्धुपाल्चोकको गिरान्चौर एकीकृत वस्तीका लागि धुर्मुस-सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेका छन् ।

उनीहरुले नेपाली कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले सुरु गरेको गिरान्चौर बस्ती निर्माणका लागि दुई लाख २१ हजार ६ सय रुपयाँ सहयोग गरेका हुन् ।

भुटानीहरुले त्यहाँ सञ्चालन गरेको ‘रेडियो पहिचान’ को अगुवाईमा व्यक्तिगत सहयोग र विविध कार्यक्रम गरेर सो रकम संकलन गरिएको थियो । संकलित रकम काठमाडौंमा हाल पीएचडी गरिरहेकी एलेक्सिया अधिकारीले केही दिन अघि सिताराम कट्टेल ‘धुर्मुस’ लाई हस्तान्तरण गरिन् ।

‘भुईचालोबाट आहात नेपालीहरुका लागि सहयोग गर्नु मानवीय कर्तब्य हो । यो हाम्रो आफ्नोपन प्रतिको माया हो, सद्भाव हो,’ रेडियो पहिचानले आˆनो वक्तव्यमा भनेको छ ।

गत सालको बिनाशकारी भूकम्पपछि पनि पुनर्वास अन्तर्गत विभिन्न मुलुक पुगेका भुटानीहरुले ५० लाख भन्दाबढी नेपालमा सहयोगका लागि पठाएका थिए । धुर्मुस सुन्तलीले सुरु गरेको गिरन्चौरवस्ती निर्माणका लागि मात्रै विश्वभर छरिएर रहेका भुटानीहरुले १२ लाख भन्दा बढी सहयोग गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment