Comments Add Comment

कास्कीको लेखनाथमा नक्कली बम आतंक

१० साउन, पोखरा । विप्लप माओवादीले आहृवान गरेको नेपाल बन्दकै दिन सोमबार एकाबिहानै कास्कीको लेखनाथमा बम आतंक मच्चिएको छ ।

Pressure-cookerलेखनाथ-१३ लामेआहालमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको पोखरास्थित कालिभञ्ज्याङ्ग गण र सिद्धिबक्स गणबाट गएको टोलीले अनुसन्धान गर्दा बम नरहेको प्रमाणित भएको हो ।

पृथ्वी राजमार्ग भन्दा करीब २० मिटर तल विहान करीब साढे ६ बजे स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले झोला भित्र प्रेसर कुकर राखेर छाडेको अवस्थामा देखेपछि बम डिस्पोजल टोलीलाई बोलाएको थियो ।

त्यसलगत्तै सेनाको बम डिस्पोजल टोलीले कुकरभित्र भुम्रो कोचेर बाहिर करीव १० मिटरको तार जोडिएको अवस्थामा फेला पारेको थियो । सुरक्षा निकायले सर्वसाधारणलाई तर्साउने नियतले कुकर र तार राखिएको हुनसक्ने आशंका गरेको छ ।

तर नेकपा माओवादी विप्लव समूहले आहृवान गरेको बन्दकै दिन शंकास्पद वस्तु भेटिनुलाई आफुहरुले गम्भीर रुपमा लिएको कास्कीका डिएसपी गजुसिद्धि बज्राचार्यले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment