Comments Add Comment

नेविसंघ महाधिवेशन गराउन निर्देशक समिति बिस्तार

महत भन्छन्- तोकिएकै समयमा महाधिवेशन हुन्छ

१० साउन, काठमाडौं । नेपाली कांग्रेसले भातृसंस्था नेपाल विद्यार्थी संघको महाधिवेशन समयमै गराउन पाँच सदस्यीय निर्देशक समिति गठन गरेको छ ।

Nebisanghकांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति सदस्य डा. प्रकाशशरण महतको नेतृत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन गरेका हुन् ।

सभापति देउवाले समितिमा किशोरसिंह राठौर, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेललाई थप गरेका हुन् ।

यसअघि निर्देशक समितिको संयोजक डा. महत मात्रै थिए तर, सदस्यहरु चयन गरिएको थिएन ।

समितिमा थपिएका चारै जना सदस्यहरु नेविसंघका पूर्व अध्यक्ष हुन् । महत, राठौर र पौडेल देउवा निकट हुन् भने भट्टराई र घिमिरे कांग्रेस नेता रामचन्द्र पौडेल निकट हुन् ।

नेविसंघको महाधिवेशन साउन २३ देखि २६ गतेसम्म राजधानीमा हुँदै छ । तर, विभिन्न जिल्लाहरुको विबाद कायमै रहेको छ भने कुन्दन काफ्ले नेतृत्वको असन्तुष्ट पक्षले गैर विद्यार्थीहरुलाई पनि महाधिवेशन प्रतिनिधि बनाइएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पार्टी भित्रै असन्तुष्टि कायमै रहेका बेला महाधिवेशन हुनेमा आशंका उब्जिएको छ । तर, निर्देशक समिति संयोजक महतले समयमै महाधिवेशन हुने दावी गरेका छन् ।

उनले भने, ‘तोकिएको समयमा अधिवेशन हुन्छ । बिवादित भनिएका विषयहरु मिलाइन्छ ।’

नेविसंघको महाधिवेशन २०६५ सालयता भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment