Comments Add Comment

धनकुटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

१४ साउन, धनकुटा । धनकुटाको परेवादिन गाविसमा विहीबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

Dhankuta-Busसंखुवासभाको मुढेशनिश्चरेबाट धरानतर्फ आउदै गरेको बा २ ख ७३६६ नम्बरको बस विहिबार  दिउँसो १२ः१५ बजे परेवादिन गाविस वडा नम्बर ५ स्थित सिधुवा भन्ने स्थानमा सडकबाट अन्दाजी दुई सय मिटर खस्दा सात जनाको घटनास्थलै तथा अन्य ८ जनाको र उपचारका क्रममा मृत्यु भएको छ ।

घटनास्थलमै मृत्यु हुनेमा धनकुटा हात्तीखर्क ५ घर भएका पूर्व अर्थ राज्यमन्त्री हरी खेवा, परेवादिन ७ की तारा बस्नेत, उनकी दुई वषिर्या छोरी रेश्मा बस्नेत, सोही गाविस ५ की अतिमाया तामाङ, सुनसरी धरान २ का बेदप्रसाद अग्रवाल तथा नामथर वतन खुल्न नसकेका अन्य दुई जना रहेका छन् ।

त्यसैगरी उपचारका क्रममा मृत्यु हुनेमा धनकुटा बुढीमोरङ ८ का सनम तामाङ, मारेकटहरे ३ का विरबहादुर काफ्ले, परेवादिन ५ की खिनामाया भट्टराई, तेह्रथुम फुलेक ६ का होम पौडेल र सोही ठाउँकी १२ वषिर्या होमा पौडेल, धरान १७ बस्ने तेजबहादुर बस्नेत संखुवासभास मादी १ बस्ने टंक कटुवाल, संखुवासभा आखीभुई ९ बस्ने खगेन्द्र कार्की रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

उनीहरुको धरानमस्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा मृत्यु भएको हो । घाइतेहरुमा धनकुटा नगरपालिका १० भिरगाउँ बस्ने कमला पोख्रेल, सोही नगरपालिका ७ की अनिषा विक, मारेककटहरे ८ की विष्णु मगर, परेवादिन ४ का बिनोद घिमिरे, इटहरी ५ की पूर्णकुमारी लिम्बु, सुनसरी धरान २ का मनोज पोदार, धरान १६ का रमेश श्रेष्ठ धरान १३ की निरमाया गुरुङ, तेह्रथुम बसन्तपुर ४ का छिरिङ शेर्पाको नाम खुलेको छ ।

अन्य घाइतेहरुको नामथर खुलेको छैन । उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment