Comments Add Comment

छायांकनका क्रममा क्रेन भाँचिदा छायांकार घाइते, रेडको क्यामेरा पनि फुट्यो

paban gautam ghaiteबिहिबार काठमाण्डौको अनमानगरमा छायांकन भैरहेको चलचित्र ‘गुनगुन’को सेटमा गम्भिर दुर्घटना भएको छ । १७ फिट माथि क्रेनमा बसेर दृश्य छायांकन गरिरहेका पवन गौतम दुर्घटनामा परेका छन् ।

क्रेन एक्कासी भाच्चिएपछि पवन खसेका थिए । साथमा छायांकनका क्रममा प्रयोग भैरहेको रेड क्यामेरा पनि फुटेको छ । पुकार भट्टराइले निर्देशन गरिरहेको यो चलचित्रमा सुवास मेेचे र नायिका संचिता लुइटेल दृश्यमा अभिनय गरिरहेका थिए ।

गौतमको गर्दनमा चोट लागेको छ भने उनको हाल काठमाण्डौ मोडेल अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment