Comments Add Comment

ग्यास सिलिन्डरमा लागूऔषध

१५ साउन, काठमाडौं । फरक शैलीबाट लागूऔषध ओसारपसार गर्ने प्रवृत्ति मौलाएको छ । भारतको रक्सौल हुँदै हेटौंडा भएर देशभर फैलाइने लागूऔषध ओसारपसार गर्नेले फरक शैली अपनाउँदै आएको भेटिएको हो ।

Gasहेटौंडा-१७, लच्कामा शुक्रबार प्रहरीले ग्यास सिलिन्डरभित्र लागूऔषध राखेर जाँदै गर्दा अभियुक्तलाई पक्राउ गरेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

पाँच केजीको ग्यास सिलिन्डरको पिंध काटेर काठमाडौं लैजाने प्रयास गर्दा ९ सय एम्पुल डाइजेपाम र फिनार्गन बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरकी प्रमुख प्रहरी निरीक्षक सुरक्षा केसीले बताइन् ।

लच्कामा चेकिङ गर्ने क्रममा ना १ ज २८९३ नम्बरको सुमो रिजर्भ गरेर ल्याइएको अवस्थामा ग्यास सिलिन्डरभित्र लागूऔषध फेला परेको हो । लागू औषध ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले बताइन् ।

प्रहरीले फिनार्गन ६ सय एक एम्पुल र डाइजेपाम ३ सय एम्पुलसहित मकवानपुर टिष्टुङ ६ घर भई काठमाडौं बौद्ध बस्ने सुरजसिंह ठकुरी र सप्तरीको राजविराज घर भएर नारायणथान बस्दै आएकी सुनिता शर्मालाई पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment