१६ साउन, ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदी थुनिएर बनेको तालको अवस्था अध्ययनको लागि सरकारले वेवास्ता गरेको छ ।
सावादिन गाविसमा झरेको पहिरोले नदी थुनिएर बनेको तालको अध्ययन गर्न सरकार समक्ष विज्ञसहितको अनुसन्धान टोली स्थानीय प्रशासनले माग गरे पनि अहिलेसम्म अध्ययन टोली घटनास्थल पुगेको छैन ।
जिल्ला विपत व्यवस्थापन समितिको बैठकले पहिरो गएको चार दिनपछि तालको जोखिम अध्ययनका लागि सरकार समक्ष जल उत्पन्न प्रकोप नियन्त्रण विभागबाट विज्ञसहितको अनुसन्धान टोलि माग गरेको थियो । तर ताल थुनिएको बाईस दिन बितिसक्दासमेत सरकारले अध्यायनका लागि कसैलाई नपठाएको विपत व्यवस्थापन समितिका संयोजक तथा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।
‘तालभन्दा तलको तमोर नदी किनारमा दुईवटा बजारसहित धेरै बस्ती रहेकाले पनि तालको जोखिमका विषयमा अध्ययन गर्न आवस्यक भएकाले अध्ययन टोलिको माग गरिएको हो । तर बाईस दिन बितिसक्दा पनि न टोली आयो नत नआउने जानकारी नै,’ पाण्डेले अनलाइनखबरसँग भने ।
गत असार २५ गते राति सावादिन गाविसको नाक्ला भिरबाट झरेको पहिरोले तमोर नदी थुन्दा फुरुम्बु र सावादिन गाविसको बिचमा करीब ५ सय मिटर लम्बाई र २ सय मिटर चौडाईको ताल बनेको छ। थुनिएको नदीले फुरुम्बु तर्फको भाग कटान गरेर बगिरहे पनि पहिलेको धारमा खुल्न नसकेको स्थानीय पवन श्रेष्ठले बताए ।
पछिल्लो समय निरन्तर भइरहेको वर्षाले थुनिएर बनेको तालमा दैनिक पानीको मात्र बढीरहेकाले कटान गरीरहेको भाग तर्फ पहिरो जाने संभावना रहेको श्रेष्ठले बताए ।
तमोर नदी थुनिएर डुवानमा परेको जीवन लिम्बुको घर समेत पानी नघट्दा पुर्णरुपले ढलेको श्रेष्ठको भनाइ छ । स्थानीय र प्रहरीले सोही घर हेरेर तालको पानी घटेको–बढेको अनुमान गर्ने गरेका थिए ।
प्रतिक्रिया 4