News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको असम राज्य होजाई जिल्लामा हात्तीको झुण्डसँग ठोक्किँदा रेल दुर्घटनामा पाँच डिब्बा लिकबाट बाहिर गएको छ।
- दुर्घटनामा आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ।
- रेलवेले यात्रु घाइते भएको सूचना प्राप्त नभएको जनाएको छ र लोको पायलटले इमरजेन्सी ब्रेक लगाएको बताइएको छ।
५ पुस, काठमाडौं । भारतको असम राज्यमा पर्ने होजाई जिल्लामा हात्तीको झुण्डसँग ठोक्किएर रेल दुर्घटनामा परेको छ ।
शनिबार बिहानै हात्तीको झुण्डसँग ठोक्किंदा रेलको इन्जनसहित पाँच डिब्बा लिकबाट बाहिर गएका छन् ।
न्युज एजेन्सी पीटीआईका अनुसार रेल दुर्घटनामा परी आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ ।
नयाँ दिल्लीका लागि छुटेको रेल राति सवा २ बजे दुर्घटनामा परेको बताइएको छ । रेलवेले दुर्घटनामा यात्रु घाइते भएको सूचना प्राप्त नभएको जनाएको छ ।
नर्थ ईस्ट फ्रन्टियर रेलवे (एनएफआर)का प्रवक्ताले दुर्घटनामा रेलको इञ्जनसहित पाँच डिब्बा लिकभन्दा बाहिर गएका पुष्टि गरेका छन् ।
‘यो घटना त्यस्तो स्थानमा भयो, जुन हात्तीको ओहोर–दोहोर गर्ने करिडोर होइन,’ एनएफआरका तर्फबाट जारी बयानमा भनिएको छ, ‘लोको पायलटले हात्तीको झुण्ड देखेपछि इमरजेन्सी ब्रेक लगाए । त्यसका बाबजुत हात्ती रेलसँग ठोक्किए ।’
प्रतिक्रिया 4