Comments Add Comment

फ्रान्सको राष्ट्रपति पदमा सारकोजीको दावी

७ भदौ, काठमाडौं । फ्रान्सका पूर्व राष्ट्रपनि निकोलस सारकोजीले दोस्रोपटक राष्ट्रपति बन्नका लागि आफ्नो दावेदारी घोषणा गरेका छन् । फ्रान्समा सन् २०१७ मा राष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

Sarkozyउनले आगामी वर्ष हुने चुनावमा आफ्नो धुर दक्षिणपन्थी पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारी हासिल गर्न कोशिश गर्ने जनाएका छन् ।

सारकोजीले आफ्नो नयाँ किताव ‘टुट पोर ल फ्रान्स’को प्रस्तावनामा लेखेका छन्, ‘मैले राष्ट्रपति पदका लागि २०१७ मा हुने चुनावमा उम्मेदवार बन्ने फैसला गरेको छुँ ।’

६१ वर्षीय पूर्वराष्ट्रपति सारकोजी पाँच वर्षे कार्यकालको अन्तिमतिर निकै अलोकपि्रय भएका थिए । उनले शीर्ष पदमा दोस्रोपटक आसिन हुने आफ्नो आकांक्षा सार्बजनिक गरेका थिए ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment