Comments Add Comment

आफ्नै ब्यापार सम्हाल्न चाहन्छिन आस्था बी

aastha bकाठमाडौं । आस्था बीको गीत सुनेर मनोरञ्जन लिन चाहनेहरुले पछिल्लो समय उनको नयाँ गीत सुन्न पाएका छैनन् । उनलाई चिन्नेहरुले पनि सोध्न थालेका छन् ‘खै त नयाँ गीत गाएको ?’

आफुलाई त्यसरी प्रश्न गर्नेहरुलाई भन्ने गरेकि छिन् । ‘दसैंसम्म पर्खनुुस् ।’ तीनवटा गीत रेकर्ड गरिसकेकी आस्थाले दसैंमा नयाँ गीत लिएर आउने योजना बनाएकी छिन् । ‘एल्बमै ल्याउने कि गीत मात्रै निर्णय गरिसकेकि छैन, यति चाँहि पक्का हो दसैंमा मेरो नयाँ गीत आउाछ भिडियो सहित’ अनलाइनखबरसँग कुरा गर्दै आस्थाले भनिन् ।

बीबीए सकाएकी आस्था माष्टर्स भर्ना गर्ने तयारीमा छिन् । पछिल्लो समय आफ्नो गायन अलि सुस्त हुनुमा पढाई पनि एउटा कारण भएको बताइन् ‘एक्जामको तयारीले पनि संगीतमा अलि सुस्त भयो’ उनको भनाइ थियो ।

यो विचमा स्वदेश एवं विदेशमा आयोजना हुने स्टेज कार्यक्रममा भने सहभागी भईन् । त्यसो त उनको बुबा आमाको विभिन्न स्थानमा होटल रेष्टुरेन्ट ब्यापार छ । दिनको केहि घण्टा त्यसमा पनि समय दिन्छिन् ।

उनी भन्छिन् ‘यहि देसमा ब्यबसाय गर्ने सोचमा छु, त्यसकारण दिनको केहि घण्टा बाबा ममीको बिज्नेशमा पनि समय दिएकी छु’ होटल रेष्टुरेन्टको वारेमा राम्ररी अध्ययन गरेपछि आफ्नै सोचमा नयाँ ब्यापार सुरु गर्ने उनको योजना छ । भन्छिन् ‘म विदेश जान्न यहि देसमा केहि गरेर बस्छु । त्यसकारण बिज्नेशको वारेमा अध्ययन गर्दैछु’ ।

२५ भन्दा बढी गीतमा स्वर दिएकी आस्थाले आफ्नो गीतको भिडियोमा आफैं अभिनय गरेकि छिन् । यहि विचमा केहि निर्देशकले हिरोइन बन्न प्रस्ताव पनि राखे ।

अभिनय गर्न रमाइलो लागेपछि हिरोइन बन्ने इच्छा छैन उनलाई । भन्छिन् ‘गायिकाकै रुपमा चिनिन चाहन्छु । हिरोइन बन्ने मोह छैन’ उनको पुगेन पुगेन…बोलको गीत निकै चर्चामा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment