Comments Add Comment

एक चौथाइ गर्भवती बीस वर्षमुनिका

८ भदौ, बाबियाचौर । म्याग्दीका करिब एक चौथाइ गर्भवती महिला २० नपुग्दै आमा बन्ने गरेका छन् । आर्थिक वर्ष ०७२/७३ मा जिल्ला जनस्वास्थ्य कार्यालयमा दुई हजार २८६ जनाले गर्भजाँच गराएकामा ५६८ जना २० वर्षभन्दा कम उमेरका रहेका कार्यालयकी परिवार स्वास्थ्य कार्यक्रम संयोजक लीला गौतमले जानकारी दिइन् ।

pregnantकार्यालयको तथ्याङ्कअनुसार आव ०७१/७२ मा २० वर्षभन्दा कम उमेरका गर्भवतीको सङ्ख्या २८.२६ प्रतिशत र २०७०/७१ मा ३२ प्रतिशत थियो ।

किशोरी तथा युवती शारीरिक र मानसिकरुपमा परिपक्क नभई आमा बन्न बाध्य भएका हुन् । २० वर्षअघि बच्चा जन्माउनुलाई आमा र बच्चा दुवैको स्वास्थ्यका हिसाबले जोखिमयुक्त मानिन्छ ।

बीस वर्षअघि नै बच्चा जन्माउँदा पाठेघर खस्ने, शारीरिक कमजोरी, औसत आयुमा असर, बच्चामा कुपोषण र अपाङ्गताजस्ता समस्या देखिने गरेको जिल्ला जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले बताएका छन् । उनका अनुसार केही वर्षयता २० वर्षभन्दा कम उमेरमा आमा बन्नेको सङ्ख्या घटे पनि मातृ, शिशु स्वास्थ्यका हिसाबले अझै चुनौती रहेको छ ।

राष्ट्रिय जनगणना, २०६८ अनुसार जिल्लामा ५७ हजार ३९८ विवाहितमध्ये २० वर्षअघि नै विवाह गर्नेको सङ्ख्या ५१.६० प्रतिशत छ ।

यसैगरी म्याग्दीका ६० प्रतिशत गर्भवतीले मात्र सुरक्षित प्रसूति सेवा लिने गरेका छन् । भौगोलिक विकटता, सबै स्वास्थ्य संस्थामा प्रसूति गृह अभाव, चेतनाको कमी, यातायातका साधनको भरपर्दो व्यवस्था नहुने एवम् आर्थिक अभावले गर्दा ४० प्रतिशत गर्भवतीमा सुरक्षित प्रसूति सेवा पुग्न नसकेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment