Comments Add Comment

स्वास्थ्य परीक्षणका लागि ओली आज थाइल्यान्ड जाँदै

KP-Oli९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज थाइल्याण्डको राजधानी बैंकक जाँदै छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान लागेका हुन् । अोली अपरान्ह १ बजे त्यसतर्फ जानेछन् ।

मृगौला प्रतयारोपण गरेका ओली दुई वर्षअघि गम्भीर बिरामी भएपछि नयाँदिल्ली र थाइल्याण्डमा उपचार भएको थियो । त्यसपछि उनी नियमित चेकजाँचको लागि थाइल्याण्ड जाने गरेको भएपनि प्रधानमन्त्री भएपछि जाँच गर्न गएका थिएनन् ।  ओली झन्डै दुई साता बैंककमा रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment