Comments Add Comment

प्रसूति गृहलाई अनुसन्धानकेन्द्रका रुपमा विकास गरिने

९ भदौ, काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई प्रसूति, स्त्रीरोग तथा नवजात शिशु अध्ययन अनुसन्धानकेन्द्रका रुपमा विकास गरिने भएको छ ।

Thapathali-Prasuti-Grihaअस्पतालको ५७औँ वार्षिकोत्सवको अवसरमा निर्देशक प्रा डा जागेश्वर गौतमले निकट भविष्यमै मिडवाइफ्री/नर्सिङ कलेज सञ्चालन गर्ने, आफ्नै औषधि पसल खोल्ने, सिटीस्याक्न र एमआरआई सेवा सुरु गर्ने, स्याटेलाइट अस्पताल सञ्चालन गर्ने, अक्सिजन प्लान्ट सुरु गर्ने र सोलार प्रणाली जडान गर्न गृहकार्य भइरहेको जानकारी दिए ।

स्वास्थ्य  मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले मातृ स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न यस अस्पतालले ठूलो भूमिका निर्बाह गरेको बताउँदै नेपालको एकमात्र प्रसूति गृहको विकासका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको बताए ।

मन्त्रालयकी प्रमुख विशेषज्ञ डा किरण रेग्मीले प्रसूति गृहले  दिइरहेको सेवालाई सुधार गर्नुपर्ने  आवश्यकता औँल्याइन् । उनले भनिन्, ‘हामीले पुरानै शैलीमा सेवा दिएर हुँदैन । अब नयाँ प्रविधि र शैलीमा बिरामीलाई सेवा दिन सक्नुपर्छ । सेवा दिने र सेवा लिने पनि हामी नै हाैं भन्ने भावनाबाट प्रेरित भई सेवा दिनुपर्ने बेला आइसकेको छ ।’

आर्थिक बर्ष २०७२/७३मा बहिरङ्ग प्रसूति सेवामा  ५२ हजार ८१४  र स्त्रीरोग उपचारमा २५ हजार २३० बिरामी र  बच्चाको खोप, बाँझोपनपरिवार नियोजनमा एक लाख ३६ हजार ६४६ बिरामीले अस्पतालबाट सेवा लिएका थिए । 

प्रसूति गृहले एक बर्षमा १८ हजार ९७ जनालार्इ सुत्केरी गरायो

प्रसूति अस्पतालले एक वर्षमा १८ हजार ९७ जना महिलालाई सुत्केरी गराएको छ । अस्पतालले गत आर्थिक वर्ष १ लाख ६० हजार महिलालाई स्वास्थ्य सेवा उपलब्ध गराएकामा त्यसमध्ये १८ हजार ९७ जनालाई सुत्केरी गराएको हो ।

भर्ना भएकामध्ये करीव ८ प्रतिशत महिलाले गर्भपतन गराउने गरेको अस्पतालको तथ्यांकमा देखिएको छ । प्रसूति अस्पतालमा गत वर्ष २३ हजार ५ सय ४७ जना महिला भर्ना भएकामा १ हजार ८ सय ४९ जनाले गर्भपतन गराएका थिए । यो सङख्या भर्ना भएका बिरामीको ७.८५ प्रतिशत हुन्छ ।

अस्पतालले आफ्नो ५७ औं वाषिर्कोत्सवका अवसरमा विहीबार गरेको कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार गर्भपतन गराउनेको दर गएको दुई वर्षमा उस्तै देखिएको छ । अघिल्लो वर्ष प्रसूति अस्पतालमा १ हजार ८ सय ४५ जनाले गर्भपतन गराएका थिए । अस्पतालले १२ वर्षदेखि गर्भपतन सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले अघिल्ला वर्षहरुको तुलनामा गर्भपतन गराउने संख्यामा कमी आएको बताएको छ । आर्थिक वर्ष २०६९/०७० मा २ हजार १ सय १८ तथा ०७०/०७१ मा २ हजार १० जनाले गर्भपतन गराएका थिए ।

अस्पतालका निर्देशक डा. गौतमले ४ हजार ५ सय ४८ महिलालाई सिजरिन -शल्यक्रिया) मार्फत सुत्केरी गराइएको जानकारी दिए । प्रसूति अस्पतालमा अघिल्लो वर्ष पनि सिजरिनमार्फत बच्चा जन्माउने महिलाको संख्या ४ हजार ८ सय ७ थियो । प्रसूति अस्पताललाई नेपालमै सबैभन्दा कम सिजरिन गराउने अस्पतालको रुपमा लिइन्छ ।

सरकारी स्वामित्वको प्रसुति गृहले नै २५ प्रतिशत महिलालाई सिजरिनमार्फत सुत्केरी गराउनुले सिजरिन गराउने प्रवृत्ति मौलाएको देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment