Comments Add Comment

‘आकर्षक’ मन्त्रालय नभएकाले सरकारमा जाँदैनौं: गच्छदार

झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई टुक्राउन माग

Bijaykumar-Gachhadar

१० भदौ, काठमाडौं । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले मन्त्री नियुक्त हुन बाँकी मन्त्रालयहरु ‘आकर्षक’ नभएको भन्दै अब सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आकर्षक मन्त्रालय विना सरकारमा जाँदा पार्टीको अपमान हुने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेसँगै महिला, बालबालिका तथा समाजकल्याण, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि र खानेपानी तथा सरसफाइ मन्त्रालयमात्र मन्त्रीविहीन छन् ।

फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले भने, ‘अहिले जुन मन्त्रालय खाली छन् ती मन्त्रालयका लागि हामी सरकारमा सहभागी हुँदैनौं । ति मन्त्रालयका लागि सरकारमा जाँदा पार्टीको अपमान हुन्छ ।’

गच्छदारले आकर्षक मन्त्रालय दिने वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रहसमेत गरे ।

यसअघि फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सम्मानजनक उपस्थितिको परिस्थिति निर्माण भएमात्र सरकारमा जाने निर्णय गरेको थियो ।

फोरम लोकतान्त्रिकले स्थानीय तहको संख्या कम्तिमा ११ सय बनाइनुपर्ने तथा प्रदेशको सीमांकन हेरफेर सम्बन्धी मधेसवादी दलहरुको माग सम्बोधनका लागि झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई टुक्र्याइनुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment