Comments Add Comment

अपरेशन होकः ‘नक्कली’ पाइलट पक्राउ

 

१२ भदौ, काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र भएको अभियोगमा एक पाइलटलाई पक्राउ गरेको छ ।

pailotपक्राउ पर्नेमा स्वछन्द घले छन् । ३० वर्षीय घले काठमाडौं डिल्लीबजारका हुन् र बुद्ध एयरमा कार्यरत थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विमान चालकहरुको शैक्षिक प्रमाणपत्र नक्कली भए नभएको अनुसन्धान गर्न अपरेशन होक चलाएको छ । जस अन्तरगत नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएका विमान चालकहरुको शैक्षिक प्रमाणपत्रको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस क्रममा प्रहरीले घलेलाई पक्राउ गरेको हो । उनले त्रिवि प्रविणता प्रमाणपत्र विज्ञान संकायको नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर पाइलट पढेको पाइएको छ ।

घलेको आईएससीको प्रमाणपत्र नक्कली बनाउन सहयोग गर्ने राजकुमार श्रेष्ठ पनि पक्राउ परेका छन् ।

उनीहरुविरुद्ध सरकारी छाप दस्तखत कीर्ते ऐन अनुसार अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment