Comments Add Comment

सहकारी संस्थाको क्षमता अभिवृद्धि गर्न सक्षमले आर्थिक सहयोग गर्ने

saksham
१३ भदौ, काठमाडौं । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्नका लागि सहयोग गर्दै आएको युके एड सक्षम टू फाइनान्सले सहकारी संस्थाहरुको क्षमता अभिवृद्धि गर्न आर्थिक सहायता गर्ने भएको छ ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) सँगको सहकार्यमा बचत तथा ऋण सहकारी संस्थाहरुको वित्तीय र संस्थागत क्षमता अभिवृद्धि गर्ने परियोजना सुरु गर्न लागिएको हो ।

दुई संस्थाबीच सोमबार बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय संघ नेफ्सकुन र युकेएड सक्षमले आज एक कार्यक्रमबिचवित्तियपहुँचको विस्तार गर्ने परियोजना सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार क्षमले ४ करोड १ लाख रुपैयाँ अनुदान सहायता गर्नेछ ।

सम्झौताअनुसार नेपालको मध्य र सुदुर पश्चिमका बचत तथा ऋण सहकारी संस्थाहरुको संस्थागत क्षमताको विकास र उनीहरुको थोक कर्जामा पहुँच विस्तार गर्न सहयोग गर्नेछ । यो परियोजनाले ग्रामिण भेगमा रहेका सहकारी संस्थाहरुको पहुँच नेˆसकुनमा सजिलोसगँ पुर्‍याउन नेफ्सकुनको क्षेत्रियकार्यालयहरु दाङ र डडेल्धुरामा विस्तार गर्नका साथै सक्षमले त्यस क्षेत्रका बचत तथा ऋण सहकारीलाई नेफ्स्कुनको अन्तर लगानी कार्यक्रमत थाअन्य स्रोतहरुमार्फत थोक कर्जा लिन मदत गर्छ । यसका अलावा अहिले थोक कर्जा उपयोग गरिरहेका सहकारीहरुको थप ऋण प्रदान गर्ने क्षमता बिस्तार गर्न सघाउ पुर्‍याउने छ ।

नेˆस्कुनले परियोजना अवधिमा २०० सहकारी संस्थाहरुको क्षमता विकास गर्नेछ । यसमार्फत सहकारी संस्थाहरुले ३० हजार नयाँ सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्नेछन । क्षमता अभिवृद्धिपछि यी सहकारीहरुले नेˆसकुनलगायत अन्य थोक कर्जा प्रदान गर्ने संस्थामार्फत कैलाली, डडेल्धुरा, डोटी, बैतडी, कंचनपुर, रोल्पा, प्युठान, दाङ, रुकुम र सल्यान जिल्लाका ग्रामिण क्षेत्रमा ६ अर्ब रुपैयाँभन्दा बढी ऋण परिचालन गर्नेछन् ।

नेˆस्कुनका अध्यक्ष ऋषिराम घिमिरेले सहकारी र थोक कर्जाले नेपालको ग्रामिण क्षेत्रमा वित्तीय सेवा पुर्‍याउन महत्वपुर्ण योगदान गरेको छ । दुर्गम क्षेत्रमा थप पहुँच पुर्‍याउन सहकारीहरुको क्षमता विकास अपरिहार्य छ । सक्षमसगँको यस परियोजनाले सहकारीको क्षमता अभिवृद्धि गर्न र सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्नेछ ।

नेˆसकुनका प्रमुख कार्यकारी अधिकृत शिबजी सापकोटाले दुर्गम क्षेत्रका मानिसहरुलाई गुणस्तरीय वित्तीय सेवा विस्तार गर्न अत्याबश्यक भइसकेको छ । सक्षमसगँको सहकार्यमा सहकारीहरुको क्षमता अभिवृद्धि गरी सफल र दिगो कार्यान्वयन गर्न जरुरी छ ।

सक्षमका टोलीप्रमुख बलजित बोहराले नेपालको विकास र समृद्धि ग्रामिण क्षेत्रका मानिसहरुको सशक्तिकरण र उनिहरुको वित्तीय सेवामा पुग्ने पहुँचसगँ जोडिएका बताए । नेफ्स्कुनले सहकारीमार्फत अहिले गरीरहेको कामले ग्रामिण क्षेत्रका मानिसहरुको जिवनमा सकारात्मक परिवर्तन ल्याउन मदत पुर्‍र्याएको उनले बताए ।

सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बेलायत सरकार र नेपाल सरकार बीचको द्घपिक्षिय सहयोगमा लुइस बर्जरद्घारा अन्य संस्थासगँको सहकार्यमा नेपालमा कार्यान्वयन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment