Comments Add Comment

२ बर्षदेखि गोप्य रुपमा प्रेममा रमाउँदै सोनम कपुर

soonam and aananda love
बलिउड नायिका सोनम कपुरको चर्चा उनको पहिरनका कारण हुन्छ । यो बर्ष उनले अभिनय गरेको चलचित्र ‘निरजा’ले व्यापारिक सफलता हात पारेपछि उनको चर्चा झनै चुलिएको छ । उनै सोनमले लगाउने गरेको पहिरनको ब्रान्डका मालिक उनकै प्रेमी हुन् भन्ने धेरै कमलाई मात्र थाहा हुनसक्छ ।

तर, भारतीय पत्रिका टाइम्स अफ इन्डियाले २ बर्षदेखि नायिका कपुर प्रेममा रहेको खुलासा गरेको छ । ब्लेन ब्रान्डका माकिल आनन्द आहुजा र नायिका सोनम कपुर २ बर्षदेखि डेटमा रहेको पत्रिकाले उल्लेख गरेको छ ।

सोनमले अधिकांश कार्यक्रममा यही ब्रान्डका पहिरन लगाउँदै आएकी पनि छिन् । यो जोडी आजसम्म एकसाथ देखिएको छैन । तर, गोप्य रुपमा यो जोडी प्रेममा रमाइरहेको छ । यो बिषयमा सोनम र आनन्दको कुनै पनि धारणा सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment