Comments Add Comment

बेस क्याम्पबाट सगरमाथातर्फ हेर्दा… (फोटोफिचर)


२५ भदौ, काठमाडौं । सगरमाथा, विश्वकै शीर । प्रकृतिको अनपम उपहार र अद्वितीय हिम श्रृङ्गारले सबैको ध्यान खिच्न समर्थ बनेको क्षेत्र हो यो । त्यसैले यही सगरमाथा वरपर टहलिएर जीवनलाई सारभूत र आनन्दमय बनाउन विश्वभरबाट यहाँ पर्यटकहरु आइपुग्छन् ।

त्यसैले नेपाल आउने पर्यटकको प्रमुख रोजाइमा पर्ने स्थान हो, सगरमाथा राष्टिय निकुन्ज अर्थात सगरमाथा पदयात्रा । यहाँ वर्षेनी हजारौंको संख्यामा पर्यटक आउने गर्दछन गर्छन् यो पदयात्रामा । कोही सगमराथा आरोहणका लागि भने त कोही सगरमाथाको आधार शिवीरसम्म यात्रा गरेर र्फकनका लागि ।

आँखै अगाडी विश्वको सर्बोच्च शिखर सगरमाथा उभिएको हेर्नका लागि सबैभन्दा उपयुक्त स्थल हो, पदयात्राकै क्रममा पुगिने ‘काला पत्थर’ ।Everest Base Camp (10)

कालापत्थरबाट नेपाल लगायत चीनतर्फका हिमश्रृंखला देख्न सकिन्छ । तर कालापत्थरमा हिमालहरु बारेको कुनै जानकारी नराखिएका कारण कुन हिमाल, कुन देशमा पर्दछ भन्ने समेत एकीन गर्न भने गाह्रो हुन्छ ।

सगरमाथा पदयात्राको सुरुवात हुन्छ, काठमाडौं लुक्ला हवाई यात्रा पश्चात । लुक्लालाई सगमारथाको प्रवेशद्वार भन्दा हुन्छ । अधिकांश पर्यटक तथा आरोहीहरु यही ठाउँ भएर जाने गर्छन् ।Everest Base Camp (12)

समुन्द्री सतहबाट २ हजार ९ सय मिटर उचाइमा रहेको लुक्ला पर्यटकहरुलाई ‘हाई अल्टिच्यूड’ लाग्ने सम्भवाना भएका कारण पहिलो दिनको बास बस्ने स्थान हो ।

लुक्लादेखि यात्रा शुरु भएपछि देास्रो दिनको बासस्थानका रोजाइमा फाक्दिग पर्छ । विस्तारै उकालो लाग्दै गएपछि पुगिन्छ नाम्चे बजार । सगरमाथा आउने पर्यटकलाई सुविधा सम्पन्न होटल तथा लजहरु लुक्ला र नाम्चे छन् । जहाँ पर्यटकहरु पदयात्रा गर्दा वा पदयात्रा पश्चात र्फकंदा आरम गर्छन् ।

lukla 1
नाम्चे पछिको बसाइ हो, त्याङ्गबोचे । यो क्षेत्रमा सगरमाथा पदयात्राको सबैभन्दा महत्वपूर्ण त्याङ्गबोच गुम्बा रहेको छ । समुन्द्री सतहबाट ३ हजार ९ सय मिटर उचाइमा रहेको त्याङ्गबोचबाट विभिन्न हिमालसहित सगरमाथा समेत देख्न सकिन्छ । गुम्बा करिब सन १९१५ तिर निर्माण गरिएको भन्ने भनाइ रहेको छ ।

Everest Base Camp (17)

त्याङ्गबोचको बास पछिको देङ्गबोचे पुगिन्छ । यो स्थानबाट विश्वकै सबैभन्दा सुन्दर मानिएको आमादब्लमा हिमाल आँखै अगाडि देख्न पाइन्छ । समुन्द्री सतहबाट ४ हजार ४ सय मिटर उचाइमा रहेको यो स्थानबाट लोत्से, आमादब्लम, थामासेर्कु र तोबुचे लगायतका हिमाक हेर्न सकिन्छ । पर्यटकलाई ‘अल्टीच्यूड’ लाग्ने भएका कारण यो स्थान केही दिन आरमगर्ने स्थानका रुपले समेत प्रख्यात छ ।

everest trekking (6)
देङ्गबोचको हिडेपछी पर्यटकहरुको अन्तिम बास स्थान हो गोरखसेप । गोरखसेप भन्दामाथि पर्यटकहरुका लागी बास बस्न होटलको सुविधा छैन । यदी बास बस्नु परेमा आफैं व्यवस्थापन गर्नु पर्छ । यो समुन्द्री सतहबाट ५ हजार १ सय ९० मिटर उचाइमा छ ।everest traking (5)

यो स्थान सगरमाथाको आधार शिविर र कालापत्थर जाने दोबाटो पनि हो । कालापत्थर जानका लागि यहाँबाट ४ उकालो लाग्नु पर्छ । जुन समुन्द्र सतहबाट ५ हजार ५ सय ५५ मिटर उचाइमा रहेको छ ।everest traking (8)

यो स्थान नै विश्वको सर्वोच्च शिखर हेर्न उपयुक्त स्थल हो । कालापत्थरबाट ३६० डिग्रीमा हिमालहरु हेर्न सकिन्छ । तर कुन हिमाल हो भनेर कुनै पनि जानकारी नराखिँदा पर्यटकहरु अलमलमा समेत पर्ने गर्छन् ।everest traking (1)

गोरखसेपबाट ४ घण्टामा पुग्न सकिन्छ सगरमाथाको आधार शिविर । सगरमाथा आरोहीको लागि यो सबैभन्दा महत्वपूर्ण र उद्गम स्थल हो । पर्यटकीय मौसम तथा आरोहणको समयमा यो स्थानमा पाल राख्ने ठाउँ पाउन पनि मुस्किल पर्छ ।

सगरमाथा पदयात्रा तथा आरोहणका लागि यो क्षेत्रमा वर्षेनी हजारौं पर्यटक पुग्छन् । पर्यटकबाट करोडौं रुपैयाँ राज्यले आम्दानी समेत गर्छ ।everest traking (2)

सरकारले पर्यटकका लागि आवश्यक सामान्य पूर्वाधार समेत बनाउन नचाहेको गुनासो गर्छन् नाम्चेका ब्यवसायी पासाङ्ग तेरसीग शेर्पा ।

लुक्लाका पर्यटन ब्यवसायी आङ्गटासी शेर्पा भन्छन्-‘पर्यटकलाई चाहिने सामान्य सूचना समेत छैन भने अरुको त के कुरा गर्ने ? पदमार्गमा चिन्हहरु समेत नराखिँदा पर्यटकले विभिन्न सास्ती भोग्ने गरेका छन् ।

Everest Base Camp (11)

Everest Base Camp (15)

Everest Base Camp (2)

Everest Base Camp (4)

Everest Base Camp (13)
Everest Base Camp (6)

everest traking (3)
Everest Base Camp (7)

Everest Base Camp (8)
Everest Base Camp (9)

Everest Base Camp (14)
everest traking (4)
everest traking (7)
Everest Base Camp (3)
Everest Base Camp (16)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment