+
+
Shares

महिला संघको चुनाव पनि देउवा र सिटौला समूहको संयुक्त प्यानल

रामचन्द्र समूहबाट मीना पाण्डे उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २८ गते २१:००

२८ भदौ, काठमाडौं । नेपाली काग्रेससम्वद्ध नेपाल महिला संघमा निर्वाचनमा पनि संस्थापन र कृष्ण सिटौला समूहको संयुक्त प्यानल बनेको छ ।

Nepal_Mahila_Sanghमंगलबार साँझ भएको छलफलमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट अध्यक्ष र सिटौला समूहबाट महासचिव लिने समझदारी भएको छ । अध्यक्षमा उमा रेग्मी अधिकारी र महासचिवमा धना खतिवडालाई उम्मेदवार बनाइएको छ ।

कोषाध्यक्ष र सदस्यहरुको उम्मेदवार टुंगिन बाँकी छ । यसअघि नेपाल विद्यार्थी संघमा पनि संस्थापन र सिटौला समूहको संयुक्त प्यानल बनेको थियो ।

अध्यक्षकी उम्मेदवार रेग्मी पूर्व अध्यक्ष समेत हुन् । उनी २०५८ सालमा विराटनगरमा भएको पहिलो महाधिवेशनबाट महिला संघको अध्यक्ष निर्वाचित भएकी थिइन् ।

रामचन्द्र समूहबाट मीना पाण्डे उम्मेदवार

रामचन्द्र पौडेल पक्षले पूर्व अध्यक्ष मीना पाण्डेलाई उम्मेद्वार बनाएको छ । पौडेल समूहले मंगलबार विहान भेला गरेर उम्मेदवार घोषणा गरेको थियो । पाण्डे पनि पूर्व अध्यक्ष हुन् ।

महिला संघको अधिवेशन भोलि बुधबारदेखि काठमाडौं भृकुटीमण्डपमा सुरु हुनेछ । जसको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

महाधिवेशनमा २ हजार २ सय प्रतिनिधि सहभागी हुने छन् । रुपन्देहीले भने यो अधिवेशनमा सहभागी हुन नपाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?