
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यपालिका अन्तर्गतका ४ वटा समितिका संयोजकहरूमा जिम्मेवारी हेरफेर गरेका छन्।
- नयाँ संयोजकहरूमा सूचना प्रविधि समितिका वीरेन्द्र प्रजापति, सुशासन समितिका दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिका विनोद कुमार राजभण्डारी र विधायन समितिका रोजिना श्रेष्ठ रहेका छन्।
- यसले समितिहरूको कार्यक्षमता र जिम्मेवारी वितरणमा परिवर्तन ल्याएको छ।
१ जेठ, काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गतका ४ वटा समितिमा संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।
सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धर, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र विधायन समितिका संयोजक मचाराजा महर्जनको जिम्मेवारी हेरफेर गरिएको हो ।
काठमाडौं महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको पत्रमा उल्लेख गरिएको छ ।
जस अनुसार सूचना प्रविधि समितिका संयोजक वीरेन्द्र प्रजापती, सुशासन समितिका संयोजक दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिका संयोजक विनोद कुमार राजभण्डारी र विधायन समितिका रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4