Comments Add Comment

ओबामालाई बालकको पत्र, जसले मागे विश्वलाई आश्चर्यमा पर्ने तस्वीरका बालक


७ असोज, काठमाडौं । अमेरिकाकी एक ६ बर्षीय बालकले राष्ट्रपति बराक ओबामालाई पत्र लेख्दै एक सिरियाली शरणार्थीलाई आफ्नो परिवारमा स्थान दिलाउन अनुरोध गरेकी छन् ।

उनको यो पत्रको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

न्यूयोर्ककी एलेक्सले रगत लतपतिएको र निक्कै डराएको जस्तो देखिने सिरियाली बालक ओम्रान डाक्नीसको तस्वीर देखेपछि ओवामालाई चिठ्ठी लेखेका थिए ।

Young Syrian boy Omran Daqneesh, aged five, was injured during airstrikes in Aleppo, Photo AP

ती सिरियाली बालकको तस्वीर विस्वभर भाइरल बनेपछि धेरैले आतंकबादप्रति खेद ब्यक्त गरेका थिए ।  ओबामालाई पठाएको पत्रमा भनिएको छ, ‘उसले (सिरियाली बालक) निन्दनीय, संदिग्ध र भयभित हुन सिकिसकेको छैन ।’

यो भिडियो सामाजिक सञ्जालमा ६० हजारभन्दा बढी पटक शेयर गरिएको छ ।

US-boy-letter-to-Obama

‘प्रिय राष्ट्रपति ओबामा, सम्झनुहोस् त एक बालक जो सिरियामा एम्बुलेन्सले उद्धार गरेको थियो’ हृवाइट हाउसले सार्वजनिक गरेको एलेक्सको पत्रमा भनिएको छ, ‘के तपाईंले ती बालक हामीलाई दिन सक्नुहुन्छ । बुकी र बेलुनका साथ हामी तपाईं र ती बालकको प्रतीक्षा गरिरहेका हुनेछौं । हामी उसलाई एक परिवार दिनेछौं र उसलाई म भाइ बनाउन चाहन्छु ।’

ओवामाले यही साता भएको शरणार्थी समस्याबारे राष्ट्रसंघको सम्मेलनमा एलेक्सका चिठ्ठीका अंशहरु प्रस्तुत गरेका थिए । र, भनेका थिए, हामी सबै एलेक्सजस्तै हुन सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment