Comments Add Comment

नदीमा जिप खस्दा वेपत्ता पूर्वगृहमन्त्री घिमिरेको खोजी गर्न प्रधानमन्त्रीको निर्देशन

Madhav_Ghimire_Car_Accident१० असोज, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको त्रिशूली नदीमा जिप खसेर बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले ट्वीटरमार्फत घिमिरेको सवारी दुर्घटनामा परेको खबरप्रति स्तब्ध भएको भन्दै खोजीका लागि प्रशासनलाई निर्देशन दिएको उनका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले  जानकारी दिए ।

त्रिशूली नदीमा बेपत्ता घिमिरेसहित तीन जनाको खोजी गर्न सबै संयन्त्र परिचालन गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् । हिजो अपराह्न मुग्लिनहुँदै काठमाडौँतर्फ आउँदै गरेको घिमिरे चढेको बा ९ च १५३१ नंको स्करपियो गाडी चितवनको दाह्रेचोकमा दुर्घटना भई त्रिशूली नदीमा खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment