Comments Add Comment

सिरियामा रुसको कारबाही बर्बरताः अमेरिका

syria attack१० असोज, काठमाडौं । सिरियामा जारी युद्धका विषमा  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठकमा अमेरिकाले रुस माथि सिरिया कारबाहीका बारेमा गलत जानकारी दिएको आरोप लगाएको छ ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत सैमन्था पावरले सिरियामा रुसको कारबाही चरमपन्थी कारबाही भन्दा बर्बरता भएको बताएका हुन् ।

पावरले सोमबारको सुरक्षा परिषदको बैठकमा बिद्रोहीको कव्जामा रहेको पूवी अलेप्पोमा रुस तथा सिरिया सेनाले जर्मनी तफबाट हवाइ हमला गरिरहेका छन् । पछिल्ला दिनमा १५० भन्दा धेरै हवाइ हमला भएका छन् ।

यसको जवाफमा रुसी राजदूत विटाली चुरकिन ले सीरियामा शान्ति पुनर्वाहली असम्भब काम भएको बताए । उनले हतियारबन्द बिद्रोही गुटले हालै लागू भएको युद्धविराम तोडेको आरोप लगाए ।

उता, सिरियाका प्रतिनिधिले सुरक्षा परिषदमा सरकारी नेनाले अलेप्पो क्षेत्रमा फेरि नियन्त्रणमा लिने बताए ।

यसअघि आइतबार अमेरिका, बेलायत, फ्रान्सले अलेप्पोको विग्रदै गएको अवस्थाबारे छलफल गर्न सुरक्षा परिषदको बैठक बोलाउन माग गरेका थिए ।

सीरियामा लागू भएको युद्धविराम भंगभएसँगै सीरियामा सरकारी सेनाले अलेप्पोमा विद्रोहीको कव्जामा रहेको क्षेत्रमा हवाइ हमला बढाएको छ ।

शनिबारसम्ममा हमलामा करिब ४५ भन्दा धेरैमो ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment