Comments Add Comment

नेपाल एयरलाइन्सले बुधबारदेखि सिमरा, भैरहवा र पोखरा उडान भर्ने

कति लाग्छ भाडा ?

nac-nepal-airlince-domestic
११ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमले दशैंलाई लक्षित गर्दै भोलि (बुधबार) देखि सिमरा, भैरहवा र पोखरामा उडान भर्ने भएको छ ।

दशैंमा यात्रुको चाप हुन्छ भनेर त्यसको व्यवस्थापनका लागि उडान भर्ने निर्णय भएको निगमका प्रवक्ता रामहरि शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

‘सिमरा, भैरहवा र पोखरामा बुधबारदेखि दैनिक एक उडान भर्ने भएको छ,’ शर्माले भने, ‘यसले दशैंमा यात्रुको आवागमनलाई सहज बनाउने छ ।’

शर्माकाअनुसार पोखराको फ्लाइट बिहान ६ः३० बजे हुनेछ । त्यसैगरी, सिमराको बिहान ८ः३० बजे र भैरहवाको फ्लाइट बिहान १०ः३० बजे हुनेछ । पोखराको २५ सय ५०, सिमराको २२ सय २५ र भैरहवाको ३ हजार २५ रुपैयाँ भाडा तोकिएको शर्माले जानकारी दिए ।

निगमले सिमरामा ५ वर्षपछि उडान भर्न लागेको हो । पोखरा र भैरहवामा भने जहाज विगि्रएका कारण केही महिनायता उठान रोएकिो थियो । ‘विग्रेका जहाज बनिसकेका छन्, त्यसैले थप उडान गर्न लागेका हौं,’ उनले भने ।

निगमले ४ वटा जहाजमार्फत आन्तरिक उडान र ३ वटा जहाजमार्फत अन्तराष्ट्रिय उडान भर्दै आएको छ ।

निगमसँग आन्तरिक उडानका लागि २ वटा ट्वीनएटर छन् । एमए ६० एउटा र अर्को एक चाइनिज १८ सिटको वाइ १२ मार्फत पनि निगमले आन्तरिक उडान भर्दै आएको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रियतर्फ २ एयरबस र १ बोइङले उडान भर्दै आएको छ । अन्तराष्ट्रिय उडान थथप गर्नका लागि निगमले २ वटा एयरबस किन्ने प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment