Comments Add Comment

संरक्षक र मायांका च्याम्पियन

Samrakshan-and-mayanka

१२ असोज, काठमाडौं । संरक्षकभूषण वज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् ।

बुधबार सातदोबाटोस्थित टेनिस कोर्टमा ३ घण्टा १५ मिनेट चलेको पुरुष सिंगल्स फाइनलमा संरक्षकले पूर्व नेपाल नम्बर वान कमल भण्डारीलाई ४-६, ७-५ र ६-४ को सेटमा पराजित गरे । सन्तोष खत्री र नवीन पुन तेश्रो भए ।

ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधि भिडन्तमा मायांकाले इरा रावतलाई ६-७, ६-२ र ६-३ को सेटमा हराइन् । उक्त फाइनल ३ घण्टा ५ मिनेट चलेको थियो । माहिका राणा र भगवती विक संयुक्त रुपमा तेश्रो भए ।

मायांकाले प्रतियोगितामा दोहोरो स्वर्ण जितिन् । मायांकाले जुम्ल्याहा बहिनी माहिकासंग मिलेर महिला डबल्स उपाधि पनि हात पारिन् । विभूति कार्की र विजिशा श्रेष्ठको जोडी तेश्रो भए ।

त्यस्तै पुरुष डबल्समा श्रीराम मगर र कमल भण्डारीको जोडी पहिलो भए । संरक्षकभूषण वज्राचार्य र महेश श्रेष्ठको जोडी दोश्रो भए भने सन्तोष खत्री र आत्माराम कार्की तथा शक्ति शर्मा र अनिल शाहीको जोडी तेश्रो स्थानमा रहे ।

कूल नगद पुरस्कार राशी १ लाख ६० हजार रुपैयाँ रहेको प्रतियोगिताका प्रत्येक स्पर्धाका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुने खेलाडीले ५-५ हजारका दरले नगद पुरस्कार पाए । पाँचदिने प्रतियोगितामा विभिन्न ४ स्पर्धामा ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment