Comments Add Comment

सुन्दरी शिक्षिकाहरुको कक्षामा पढ्न क्याम्पसमा विद्यार्थीहरुको भिड

chinaसुन्दरी शिक्षिका तथा ह्याण्डसम शिक्षकहरु विद्यार्थीहरुमाझ लोकप्रिय हुन्छन् र उनीहरुको क्लास विद्यार्थीहरुलाई बोरिंग हुँदैन पनि ।

त्यस्ता सुन्दर शिक्षक शिक्षिकाहरुलाई हेर्नकै लागि वा बोली सुन्नकै लागि मात्रपनि कतिपय विद्यार्थीले त अतिरिक्त क्लास समेत लिन पछि पर्दैनन् ।

चीनको एक विश्वविद्यालयमा त शिक्षिकाहरु विद्यार्थीहरुमाझ यस्तै लोकप्रिय बनिरहेका छन् । शिक्षिकाहरुको लोकप्रियताको कारकतत्व भनेको उनको सुन्दरता नै हो ।

चीनको सिचुआन नर्मल युनिभर्सिटीले यस्तै १२ जना सुन्दरी शिक्षिकाहरु छानेर उनीहरुको तस्वीर विश्वविद्यालयको सोसल मिडिया पेजमा पोष्ट गरेको छ । ती मध्ये कोहीले विश्वविद्यालयमा फेसन तथा डिजाइनिंग पढाउँछन् त कोहीले गायन तथा तृत्य । ती शिक्षिकाहरु विद्यार्थीहरुमाझ निकै लोकपि्रय छन् । तन्नेरी छात्रहरु शिक्षिकाहरुको कक्षामा बस्न मरिहत्ते गर्दछन् ।

विश्वविद्यालयको सोसल मिडिया पब्लिसिटी डिपार्टमेन्टका इन्चार्ज शू का अनुसार प्राज्ञिक क्षमता तथा शारीरिक आकर्षणका आधारमा ती १२ जना शिक्षिकाहरु च्यन भएका हुन् ।

महिला शिक्षकहरुप्रति रहेको आम धारणा परिवर्तन गराउन आफुहरु लागिपरेको शू बताउँछन् । गत मे महिनामा विश्वविद्यालयले पहिलोपटक सोसल मिडियामा यस्ता फोटाहरु प्रकाशित गरेको थियो र हालै दोश्रो पटक पुनः प्रकाशित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment