Comments Add Comment

यूवतीको चरित्र स्कर्टको लम्बाइको आधारमा मुल्यांकन गर्नु गलतः कंगना

kangana ranaut 1
नायिका कंगना रनावतलाई लागेको छ कि, अहिले बलिउडका विभिन्न पाटोमा महिलाहरुको संख्या बढेको छ । यो महिला सशक्तिकरणको एउटा दरिलो उदाहरण पनि हो । कंगनाले भनिन्-‘१० बर्ष अगाडि जतिबेला मैले बलिउडमा करिअर सुरु गरेकी थिएँ, महिलाको संख्या निकै कम थियो ।

मसँग कुनै महिला सह-निर्देशक वा सम्पादक थिएनन् । तर, अहिले महिला हरेक पाटोमा छन् ।’ यसले नायिकाहरुलाई काम गर्न निकै सजिलो भएको उनको भनाई छ ।

कंगना कुनै पनि यूवतीको चरित्र उसको पहिरनले छुट्याउन नहुने बताउँछिन् । कंगना भन्छिन्-‘यदि, कुनै यूवतीको चरित्र कुनै यूवकले उसको पहिरनका आधारमा छुट्याउँछन् भने उक्त यूवकलाई मुल्यांकन गर्ने तरिका पनि फरक हुन्छ ।’

बलिउडमा प्रवेश गर्दा निकै संघर्ष गरेकी कंगना अहिले स्टार भैसकेकी छिन् । उनी आफ्नै बलममा चलचित्र चलाउने खुबी राख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment